+
+
Shares

त्रिविको सेवा आयोगलाई पारदर्शी बनाउन अनेरास्ववियुको माग

तालाबन्दी र तोडफोड नगर्ने प्रतिबद्धता

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याललाई भटेर अनेरास्ववियुले बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ, ‘शैक्षिक दक्षता हासिल गरेका व्यक्तिहरूलाई विश्वविद्यालयमा अध्यापन गर्ने अवसर प्रदान गर्न इच्छुक एवं योग्य जनशक्तिका लागि ’लेटरल इन्ट्री’ को व्यवस्था मिलाउने विषयलाई ध्यानमा राखी आवश्यक प्रवन्ध गर्न अनुरोध गर्दछौं।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १९:५६

८ साउन, काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा दक्ष जनशक्तिको आकर्षण र परिचालनका लागि सेवा आयोगलाई नियमित, पारदर्शी र समयानुकूल बनाउनु माग गरेको छ ।

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याललाई भटेर अनेरास्ववियुले बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ, ‘शैक्षिक दक्षता हासिल गरेका व्यक्तिहरूलाई विश्वविद्यालयमा अध्यापन गर्ने अवसर प्रदान गर्न इच्छुक एवं योग्य जनशक्तिका लागि ’लेटरल इन्ट्री’ को व्यवस्था मिलाउने विषयलाई ध्यानमा राखी आवश्यक प्रवन्ध गर्न अनुरोध गर्दछौं।’

अनेरास्ववियुले आफू तालाबन्दी र तोडफोडको विपक्षमा रहेको पनि जनाएको छ । ‘अनेरास्ववियु सदैव प्राज्ञिक क्षेत्रको स्वायत्तता तथा शान्तिपूर्ण वातावरणमा पठनपाठन गर्न पाउने विद्यार्थी, प्राध्यापक र समस्त शैक्षिक समुदायको अधिकारलाई गम्भीरताका साथ आत्मसात गर्दछ । शैक्षिक उन्नयनको थलोमा हुने तालाबन्दी, तोडफोड लगायत कुनै पनि किसीमका अवाञ्छित र अराजक गतिविधिप्रति हामी स्पष्ट विमति प्रकट गर्दछौं,’ ध्यानकर्षण पत्रमा भनिएको छ ।

अनेरास्ववियुले चारवटै अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी बनाउन माग गरेको छ । विद्यार्थीहरूलाई प्रदान गरिदै आएको ‘रिसर्च ग्रान्ड’ बढाउन पनि भनेको छ ।

भौतिक पूर्वाधारहरू पुस्तकालय, होस्टेल, क्यान्टिन लगायतका सुविधाहरूको स्तरोन्नति गर्न अनेरास्ववियुले भनेको छ । पढ्दै कमाउँदै अवधारणाको कार्यान्वयन र पाठ्यक्रम विकास केन्द्रलाई प्रभावकारी बनाउन अनेरास्ववियुले माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?