
News Summary
Generated by OK AI. Editorially reviewed.- अनेरास्ववियुले शैक्षिक संस्थाहरुमा हुने हड्ताल, तोडफोड र बन्दको पूर्ण अन्त्य गर्ने निर्णय गर्यो।
- धुलिखेलमा सम्पन्न सचिवालय बैठकले विश्वविद्यालय, क्याम्पस र विद्यालयमा अनावश्यक गतिविधिहरू रोक्ने निर्णय गर्यो।
- अनेरास्ववियुले विद्यार्थीका हक, हित र शैक्षिक उन्नयनको अभियान पनि चलाउने घोषणा गरेको छ।
१७ असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक संस्थाहरुमा हुने हड्ताल, तोडफोड र बन्दको पूर्ण अन्त्य गर्ने निर्णय गरेको छ ।
धुलिखेलमा सम्पन्न प्रथम सचिवालय बैठकले शैक्षिक संस्थाहरुमा हड्ताल, तोडफोड र बन्द नगर्ने निर्णय गरेको हो । ‘शैक्षिक संस्थाहरु विश्वविद्यालय, क्याम्पस र विद्यालयमा हुने अनावश्यक हड्ताल, तोडफोड र बन्दको पूर्ण रुपमा अन्त्य गर्ने’ बैठकपछि जारी बक्तव्यमा भनिएको छ ।
अनेरास्ववियुले संविधानमा प्रत्याभूत विद्यार्थीका हक, हित र शैक्षिक उन्नयनको अभियान पनि चलाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4