+
+
Shares

झापामा यस वर्ष धान उत्पादनमा बढ्ने अनुमान

गौरव पोखरेल गौरव पोखरेल
२०७३ कात्तिक १२ गते ११:४१

dhan-cuting

१२ कात्तिक, झापा । पर्याप्त बर्षा भएकाले झापामा यो वर्ष धानको उत्पादनमा वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।

कार्यालयका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार गत वर्षभन्दा १५ प्रतिशतले उत्पादन वृद्धि हुने सम्भावना छ । ‘यस वर्ष पयाप्त मात्रमा वर्षा भयो, धेरै क्षेत्रफलमा धान लगाइएको छ’, उनले भने, ‘धानमा किरा वा अन्य रोगको सङ्क्रमण पनि कम देखिएको छ ।’

यस वर्ष झापामा ८६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । गत वर्ष समयमा वर्षा नहुँदा ८३ हजार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको थियो । र, ३ लाख ५७ हजार ४ सय ५५ मेट्रिकटन धान उत्पादन भयो ।

तर, यो वर्ष ४ लाख ११ हजार १ सय मेट्रिकटन धान उत्पादन हुने कार्यालयको प्रक्षेपण छ । यो गत वर्षको भन्दा ५३ हजार ६ सय २० मेटि्रक टनले बढी हो ।

जिल्लामा गत वर्ष धानको उत्पादकत्व ४ दशमलब १ र यो वर्ष ४ दशमलब ३१ प्रतिशत पुगेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शालिकराम भट्टराईले बताए ।

विभिन्न नदीमा आएको बाढीले १७ सय बिगाहा खेती योग्य जमिन कटान गरेको बताउँदै उनले भने, ‘कटानका कारण आशा गरिए अनुरुप उत्पादन अझै लिन सकिएन ।’

झापा नेपालमै सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला हो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?