Comments Add Comment

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा को-को परे ?

chris-coleman
वेल्स प्रशिक्षक क्रिस कोलम्यान

१८ कात्तिक, काठमाडौं । वेल्स प्रशिक्षक क्रिस कोलम्यान र लिसेस्टर सिटीका क्लाउडिओ रानिएरी फिफाको कोच अफ दि इयर अवार्डको मनोनयनमा परेका छन् ।

वेल्स युरोकपको सेमिफाइनलसम्म पुगेको थियो । १९५८ मा विश्वकप खेलेको वेल्सको ठूलो अन्तराष्ट्रिय प्रतियोगितामा यो नै अहिलेसम्मको ठूलो सफलता हो । रानिएरीले गत सिजन लिसेस्टरले प्रिमियर लिग जिताए ।

फिफाको कोच अफ दि इयर अवार्डको मनोनयनमा म्यानचेष्टर सिटीका पेप ग्वार्डिओला, लिभरपुलका जर्गेन क्लोप, टोटनहृयामका माउरिसिओ पोकेटिनी पनि परेका छन् । यस्तै फ्रान्सका डिडिएर डेसच्याम्पस, बार्सिलोनाका लुइस इनरिके, पोर्चुगलका फर्नान्डो सान्तोष, एथ्लेटिको मड्रिडका डिएगो साइमन र रियल मड्रिडका जिनेदान जिदान छन् ।

उत्कृष्ट प्रशिक्षक जनवरी ९ मा घोषणा हुनेछ । र, यो विश्वभरका खेलाडी, प्रशिक्षक, समर्थक र पत्रकारको भोटका आधारमा छनौट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment