मुम्बई । करण जौहर निर्देशित चलचित्र ‘ए दिल है मुश्किल’ प्रदर्शनको एक हप्तामा १०० करोड कमाई गर्न सफल भएको छ । रोमान्टिक ड्रामामा बनेको यो फिल्म २८ अक्टुवरमा रिलिज भएको थियो । उक्त फिल्मले भारतवाट ७४.०१ करोड रुपैया कमाई गरेको थियो भने भारत बाहेकको मुलुकवाट ४७ करोड आम्दानी भएको थियो ।
फक्स स्टार स्टुडियोका अनुसार मार्केटिङ, वितरण सबै लगात जोड्दा फिल्ममा एकसय करोड लगानी भएको छ । फिल्म निर्माताका अनुसार दीवालीमा रिलिज फिल्मलाई दर्शकले हिट सावित गरिदिए । निर्माण संस्थाका कार्यकारी निर्माताको भनाई अनुसार फिल्मले भारत बाहेकका मुलुकमा पनि निकै राम्रो ब्यापार गरेको छ ।
रणबीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा अभिनित यो चलचित्रसंगै अजय देबगणको शिबाय पनि रिलिज भएको छ । तर, शिबायको कमाई ए दि है मुस्किलको जति छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4