+
+
Shares

दरबारमार्गको एप्पल वर्ल्ड मोबाइलमा ५० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २२ गते १५:४३

apple-world
२२ कात्तिक, काठमाडौं । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सो-रुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा विशेष छुटको अफर ल्याएको छ ।

एकैछाना मुनी विश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेड दर्जन मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गर्ने ब्यबस्था गरेको छ ।

मोबाइल एशोसरिजमा ३५ प्रतिशत, मोबाइल मर्मतको सर्भिस चार्जमा ५० प्रतिशत, र मोबाइल खरिदमा मोडल हेरी ५० प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ ।

आˆनो मल्टिब्राण्ड सो-रुमको प्रमोशनका लागि नेपालमा पहिलोपटक बिशेष छुटसहित यस्तो योजना ल्याइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

जुनसुकै मोबाइलमा समस्या आएपनि ६० मिनेटमै मर्मत गरिनुका साथै मोबाइल एक्सचेन्जमा राम्रो भ्यालु दिने सुबिधा समेत रहेको ग्लाइडरले जानकारी दिए ।

बिश्व बजारमा पाइने ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको एप्पल वल्र्डले ३५० वटा मोडलका मोबाइलको टच एण्ड फिलजोन राखेको बताउँदै निर्देशक संगम राइले बिभिन्न कम्पनीका ल्यापटपहरु समेत कारोबारका लागि राखिएको जानकारी दिए ।

सोरुममा सामसुङ, एचटिसी , जेटटिई ,हुवावे, एमआइ, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी,सिजी , युएमआइ , ओबिआइ, माइक्रोसˆट, वानप्लस थि्र र गुगलफोन का टचएण्ड फिल काउन्टर राखेको छ ।

छठ पर्वको दिनबाट सुरु भएको यो योजना स्टक रहुन्जेल मात्र लागू गरिने मर्कनटायल प्लाजामा रहेको एप्पल वल्र्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?