बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले क्लबका लागि ५०० गोलको कीर्तिमान बनाएका छन् । यो आफैंमा कोशेढुंगा हो ।
मेस्सीकै प्रेरणामा बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा सेभिल्लालाई हराएको थियो । जुन खेलमा २९ वर्षे अर्जेन्टिनी स्टार मेस्सीले ४३ औं मिनेटमा गोल गरेका थिए ।
यो उनको बार्सिलोनाका लागि ५०० औं गोल हो । यसमा मैत्रिपूर्ण फुटबलमा गरेको गोल पनि समावेश छ । अफिसियल खेलमा भने उनको गोल संख्या ४६९ पुगेको छ ।
मेस्सीले बार्सिलोनाका दोस्रो सर्वाधिक गोलकर्ता पाउलिनोलाई १०५ गोलले पछि पारेका छन्, जसले १९१२ देखि १९२७ सम्म खेलेका थिए ।
मेस्सीले आफ्नो करियरको ५०० औं गोल भने अपि्रलमा गरेका थिए ।
ला लिगामा मेस्सीको पहिलो गोल २००५ मेमा भएको थियो, जतिबेला उनी १७ वर्षका थिए ।
उनले ला लिगामा ३२० गोल गरेका छन् भने ९० गोल च्याम्पियन्स लिगमा गरेका छन् । ३९ गोल कोपा डेल रे, १२ स्पेनिस सुपर कप, ५ फिफा क्लब वल्र्डकप, ३ यूईएफए सुपर कपमा गोल गरेका छन् । ३१ गोल भने बार्सिलोनाले खेलेको मैत्रिपूर्ण खेलहरुमा गरेका छन् ।
प्रतिक्रिया 4