+
+
Shares

किरण केसीको फिल्ममा भुवन केसी हिरो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते १३:४३

kiran-and-bhuwanकाठमाडौं । कलाकार किरण केसीले भुवन केसीलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म बनाउने भएका छन् ।

‘मेरो चालीस वर्ष पुरानो अनुभवलाई समेटेर फिल्म बनाउादै छु फिल्म पक्का मनोरञ्जनात्मक हुनेछ’ अनलाइनखबरसँग कुरा गर्दै किरणले भने । भुवन केसी, मह, उनका मित्र अनुराग कुँबर र कान्छो छोरा सुदन केसी यी चारजनासँग कथा तयार छ ।

चारै समुहको कथा हेरेपछि उपयुक्त मध्ये एउटामा फिल्म बनाउने उनको योजना छ । आफुले जहिल्यै समुहमा काम गरेको बताउादै यसपाली पनि पुरानै समुहसँग मिलेर फिल्म बनाउने बताए ।

भुवन र किरण पुराना मित्र हुन् भने उनीहरुले फिल्म बनाउदा एकअर्काविच सल्लाह गर्छन् । १० वर्ष अघि किरणकै लागनीमा बनेको ‘तँ त सार्‍है बिगि्रन नी बद्री’ मा पनि भुवन केसीले मुख्य भुमिका निर्वाह गरेका थिए भने उक्त फिल्म बजारमा चर्चित भएको थियो ।

बिचमा फिल्मको बजार खस्केपछि सिरियल एवं विज्ञापनको सुटिङमा ब्यस्त भएका किरण पुसको पहिलो हप्ता पूर्वपश्चिम ‘महजात्रा’ को तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?