Comments Add Comment

भारतका राष्ट्रपतिलार्इ कालो झण्डा देखाउन खोज्ने तारेखमा छुटे

fanindra-nepal-and-sharad-bhusal

२३ कात्तिक, काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पाँच जनालाई मंगलबार रिहा गरिएको छ ।

यही कात्तिक १७ गते राष्ट्रपति मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने शारदा भुसाल, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित रामचन्द्र खड्का, तिलक बोहरा, योगेश बराललाई जिल्ला प्रशासन कार्यालयले एक महिने तारिखमा रिहा गरेको हो ।

पाँचै जनालाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ. ब. १२१ नं बमोजिम थुनुवा पुर्जी दिई महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । सोमबार दिनभरी काठमाडौँ परिसरमा राखिएकामा  सरकारी वकिल कार्यालयमा बयान लिएपछि उहाँहरुलाई साधारण तारेखमा छाडिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment