Comments Add Comment

वायु प्रदुषणले पार्छ यौन जिवनमा असर

sexवायु प्रदुषणले स्वासप्रस्वास, मुटु तथा नसा र क्यान्सर जस्ता रोग गराउने मात्र होइन यसले मानिसको यौन जिवनमा असर पार्ने तथ्य फेला परेको छ ।

वैज्ञानिकहरुका अनुसार वायु प्रदुषणका कारण मानिसहरुको यौनिक सक्रियतामा ३० प्रतिशत सम्मले कमी आउँदछ ।
भारतको राजधानी नयाँ दिल्लीमा बढिरहेको वायु प्रदुषणका कारण विज्ञहरुले यसका बहुआयामिक असरहरु खोतल्ने क्रममा वायु प्रदुषणले यौन जिवनमा पार्ने असरका बारेमा समेत विश्लेषण गर्न थालेका छन् ।

प्रजनन विशेषज्ञका अनुसार प्रदुषित हावामा धेरै हानिकारक तत्व हुन्छन् जसले सरीरमा सिधै हमोर्नलाई असर पार्दछन् । भारतमा १५ प्रतिशत पुरुषमा बाँझोपना पाइएको छ जुन महिलाको तुलनामा बढि हो ।

विज्ञका अनुसार हावामा पाइने धुलो तथा ध्वाँसोका कण अर्थात् पार्टिकुलेट म्याटरले आफुसँगै पोलिसाइक्लिक एरोम्याटिक  हाइड्रोकार्वन पनि लिएको हुन्छ । यसमा सिसा, क्याडमियम तथा पारो हुन्छ र त्यसले हर्मोनको सन्तुलनलाई प्रभावित गर्दछ । हर्मोनको असन्तुलन पुरुषमा शुक्रकिटका लागि हानिकारक हुन्छ ।

टेस्टेस्टोरन वा एस्ट्रोजन हर्मोनको स्तरमा आउने कमीले मानिसमा यौनेच्छामा गिरावट ल्याइदिन्छ । त्यसैले यस्तो समस्याबाट जोगिन र प्रजनन स्वास्थ्यमा पर्ने नकारात्मक असर बाट बच्नको लागि वायु प्रदुषणबाट जोगिनु पर्दछ । यसका लागि फिल्टर मास्कको प्रयोग गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

विशेषज्ञहरुका अनुसार प्रदुषित हावामा स्वास लिनाले रगतमा धरै मात्रामा फ्रि पार्टिकल्स जम्मा हुन्छन् । यसले स्वस्थ पुरुषमा समेत शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment