Comments Add Comment

राष्ट्रपति बनेको १०० दिनभित्र ट्रम्पले के के गर्लान् ?

donald-trump-us-president

राष्ट्रपति बनेपछिको पहिलो १०० दिनभित्र डोनाल्ड ट्रम्पले के-के गर्नेछन् ? उनका एजेन्डाहरु के-के हुनसक्छन् ?

ट्रम्पले सुरुका १ सय दिनमा गर्ने कामको सूची चुनावी अभियानकै बेला सार्वजनिक गरिसकेका छन् । यदि उनी आफ्नो बचनमा पक्का रहे र मतदातासमक्ष गरेका घोषणा कार्यन्वयन गर्न चाहे भने सुरुको १०० दिनमै अमेरिकामा ठूलो उथलपुथल हुने छ ।

न कुनै राजनीतिक इतिहास भएका, न सैनिक बिगत भएका, अघिल्ला राष्ट्रपतिहरुजस्तो गर्भनरका रुपमा खारिदै र अनुभव लिँदै राष्ट्रपतिको कुर्सीमा पुगेका मानिस हैनन् ट्रम्प । यसकारण पनि अमेरिकीहरुमा उनीको कार्यशैलीबारे डर देखिन्छ । त्यसमाथि उनका एजेण्ड निकै क्रान्तिकारी छन् ।

अमेरिकी इतिहासमा पहिलो पटक न्युयोर्कको कोहि होटल व्यवसायी राष्ट्रपति निर्वाचित भएका छन् । अमेरिकामा बसिरहेका लाखौं आप्रवासीमाथि ट्रम्पले दिएको विवादास्पद बयानबाट उनको आफ्नै पार्टीका नेताहरुपनि सहमत देखिँदैनन् ।

अमेरिकाभर यसलाई लिएर बिरोधी स्वर सुनिएको छ । तर ‘अमेरिका फर्ष्ट’को उनको प्रतिबद्धताले करोडौं अमेरिकीको मन भने उनले जितेका छन् ।

चुनावी अभियानका क्रममा गरेका प्रतिबद्धता अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथपछिका १०० दिनमा यी मुद्धाहरुमा कारबाही सुरु गर्नेछन् ।

१. अमेरिकामा रहेका २० लाखभन्दा बढी अबैध आप्रवासीहरुलाई देशबाट निकाल्ने प्रक्रिया सुरु गर्नेछन् ।

२. जुन मुलुक आफ्नो नागरिकलाई फिर्ता लिन अस्वीकार गर्छन, ती देशलाई अमेरिकाले दिँदै आएको भिषा बिना अमेरिका यात्राको छुट खारेज गरिनेछ ।

३. ओवामा प्रशासनले गरेको हरेक सरकारी निर्देशन रद्ध गरिनेछ ।

४. कंग्रेस सदस्यको कार्यकालको सीमा निर्धारण गरिनेछ ।

५. संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन कार्यक्रमलाई दिन लागिएको अमेरिकी सहयोग रद्ध हुनेछ ।

६. बिभिन्न निकायलाई यसरी दिइने पैसाको प्रयोग अमेरिकाको भौतिक संरचनाको बिकासमा खर्च गरिनेछ ।

७. चीनलाई मुद्रा सौदाबाजी गर्ने मुलुकका रुपमा मान्यता दिइनेछ ।

८. हृवाइटहाउसका अधिकारीहरुलाई अवकाशपछि बिभिन्न एनजिओ र बिदेशी एजेन्सीको पैरवी गर्ने लबिष्ट बन्न रोक लगाउने कानुन बनाइने छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment