नेपाली चलचित्र क्षेत्रमा नायिका संचिता लुइटेललाई ‘अप्सरा’ भनेर धेरैले चिन्ने गर्छन् । संचिताको जीवन र चलचित्र करिअरमा धेरै नै उतारचढाव आएका छन् । संचिताको सुन्दरताको प्रशंसा गर्नेहरु धेरै छन् । २ सन्तानकी आमा बनिसकेकपछि पनि संचिताले आफ्नो सुन्दरता र शरीरलाई मेन्टेन गरिरहेकी छिन् ।
अनलाइनखबरसँग भारतको सिक्किममा ‘मस्ती टक’ गर्ने क्रममा संचिताले रमाइला पाटाहरु खोतलिन् । नायक निखिल उप्रेतीसँग दोश्रो बिहे गरेपछि संचिता ५ बर्षसम्म हराइन् । तर, उनी अहिले फेरि चलचित्रमा नै व्यस्त छिन् । संचिता जीवनमा गरेका एक सफल पक्षमा नायिका बन्नु हो भन्छिन् । कहिले दुब्लाउने, कहिले मोटाउने तर सधै एक नाशको शरीर बनाउन नसक्नु भने आफ्नो कमजोरी रहेको उनको भनाई छ ।
संचितासँग गरिएको ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः
रमाइलो कुराकानीका क्रममा संचिताले पति निखिलसँग एकसाथ नहुँदा हुने कुराकानी भने खुलाइनन् । उनले मात्र भनिन्-‘अरुले श्रीमान्सँग जस्तो कुरा गर्छन्, मेरो पनि हुने कुरा त्यही नै हो ।’
संचिता ‘राधा’को सफलताले खुशी छिन् । उनी अब दर्शकलाई मनपर्ने कथामा चलचित्र खेल्न चाहन्छिन् ।
प्रतिक्रिया 4