मुम्बई । करण जौहरको कफी वीथ करण मा सहभागी कलाकार प्राय चर्चाको विषय बन्ने गर्छन् । यसपटक अक्षय कुमार र उनकी पत्नी ट्विकंल खन्ना सहभागी भए भने केही गोप्य कुरा गरे । निजी जिन्दगीका विषयमा समेत खुलेर कुरा गरे ।
अक्षयको भनाई अनुसार जतिवेला उनी ट्वीकलको हात माग्न उनको आमा भएको ठाउँमा पुगे उनकी आमा डिम्पल कपाडियाले एक वर्षसम्म लिभइन रिलेशनमा बस्न सुझाब दिइन् । डिम्पललाई एकजना पत्रकारले अक्षय कुमार समलिंगी भएको जानकारी गराएका थिए । ट्विकंललाई पनि त्यही लागेको थियो ।
तीन खान मध्येको चर्चित भन्ने प्रश्नमा अक्षयले कडा जवाफ दिए ‘तीन खान मध्ये जसले स्मोकिङ छोड्छ उसकै स्टारडम धेरै दिन टिक्छ’ उनको भनाई थियो ।
ट्वीकल र करण एकै स्कुल पढ्थे । शोमै करणले भने ‘कुनै वेला म पनि ट्विकलप्रति फिदा थिँए’ ।
करणले चलचित्र ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीको भुमिकामा ट्विकंलाई प्रस्ताव राखेका थिए । ट्विकंलको घरमा गएर स्टोरी पनि सुनाए । तर ट्विकलले फिल्म खेल्न मानिन् । उनले नपाएपछि मात्रै रानी मुखर्जी अनुबन्ध भएकि थिइन् । कुछ कुछ होता हैमा रानीको नाम टिना छ । टिना ट्विकलको घरमा बोलाउने नाम हो ।
प्रतिक्रिया 4