+
+
Shares

झापाको पुनर्संरचना प्रतिवेदन सच्चाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १६:४३

३ मंसिर, काठमाडौं । झापाको दमक, लखनपुर, तोपगाछी र धरमपुरलाई मिलाएर दमक उपमहानगरपालिका बनाउन माग गर्दै जिल्लाका राजनीतिक दलहरूले स्थानीय तह पुनर्संरचना आयोगलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

jhapa-gyapanpatraझापाबाट काठमाडौं आएको प्रतिनिधि मण्डलले आयोग अध्यक्ष बालानन्द पौडेललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जिल्लाको प्राविधिक सहयोग समितिले क्षेत्रीय पूर्वाग्रहका आधारमा स्थानीय जनताको भावना विपरीत दमकलाई टुक्रयाएको आरोप लगाइएको छ ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति झापाले स्थानीय जनताको भावना विपरित प्रतिवेदन केन्द्रमा पठाइएका भन्दै झापाका राजनीतिक दलहरुले आन्दोलन गर्दै आएका छन् ।

वुद्धनगरस्थित आयोग कार्यालयमा ज्ञापनपत्र बुझ्दै अध्यक्ष पौडेलले मापदण्ड पूरा भई राजनीतिक तहमा सहमति भएमा दमकलाई उपमहानगरपालिका बनाउन आयोग तयार रहेको बताएको माओवादी केन्द्रका प्रतिनिधि सुरेन्द्र बस्नेतले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउने प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका महिन्द्रा सुब्बा र सुरेश सुब्बा, नेकपा एमालेका देवेन्द्र दाहाल र वेनु शिवाकोटी, माओवादी केन्द्रका गगन पुरी र सुरेन्द्र बस्नेतलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?