+
+
Shares

बिल गेट्सले बनाउँदैछन् नयाँ पर्फ्युम जसले दिसापिसावलाई सजिलो बनाउने छ

बिजनेस इनसाइडरबाट  बिजनेस इनसाइडरबाट
२०७३ मंसिर ४ गते १३:०५

bill-gatesविश्वकै नम्बर एक धनी बिल गेट्सले चाँडै मलमुत्रबाट निस्कने गन्ध नियन्त्रण गर्ने पर्फ्युम उत्पादन गर्ने भएका छन् ।

विपन्न देशहरुका मानिसहरुलाई शौचालय बस्न सजिलो तुल्याउने काममा सहयोग गर्न इच्छुक उनले हालै स्वीट्जरल्याण्डको जेनेभामा दिशाको कृत्रिम गन्ध सुँघेर समय बिताएको एउटा ब्लगमा लेखेका छन् ।

भारत लगायत विपन्न मुलुकहरुमा जथाभावि दिशापिशाव गर्नु ठूलो समस्याको रुपमा रहेको छ । विश्वभरमा ५ वर्ष मुनीका आठ लाख बालबालिकाहमरु झाडापखाला वा अन्य सरसफाइसँग सम्वन्धित रोग लागेर मर्ने गर्छन् ।

कतिपय स्थानमा दिशापिशाबा लागि खाल्डो खनेर शौचालय बनाइए पनि त्यहाँ अति दुर्गन्धले बस्न नसकेर मानिसहरु खुल्ला ठाउँमा नै दिशापिशाब गर्ने गर्छंन् ।

यसको समाधानका लागि बिल गेट्सले एउटा १२० वर्ष पुरानो अत्तर कम्पनी फर्मेनिकसँग मिलेर दिशा प्रतिरोधक अत्तर उत्पादन गर्ने योजना बनाएका हुन् ।

खाडल खनेर बनाइएका शौचालयमा यो अत्तर छर्केपछि त्यहाँबाट निस्कने दुर्गन्ध मानिसको नाकसम्म पुग्न सक्दैन । यसबाट मानिसहरुलाई शौचालयमै दिशापिशाब गर्न उत्प्रेरणा मिल्ने विल गेट्सको विश्वास छ ।

‘शौचालयको गन्ध वास्तवमै जटिल हुन्छ,’ गेट्सले लेखेका छन्, ‘दिशा र पिसाबबाट निस्कने २०० फरक रसायनिक तत्वहरुबाट यो गन्ध फैलिएको हुन्छ ।’

फर्मेनिकले ती सबै तत्वहरुलाई आफ्नो प्रयोगशालामा परिक्षण गरेको छ । गेट्स आफैले प्रयोगशालामा तिनीहरुबाट निस्कने गन्ध सुँघेका थिए ।

उनले लेखेका छन्, ‘यो मैले अहिलेसम्म देखेको खराब शौचालयभन्दा धेरै गन्हायो ।’ कुन गन्ध सबैभन्दा धेरै छ भन्ने पत्ता लगाएपछि फमेनिकले त्यो सँग जुध्ने वास्नादार तत्वको उत्पादन गर्नेछ ।  आफ्नो नयाँ उत्पादनको प्रभावकारीता परिक्षण गर्न फर्मेनिकले भारत र अफ्रिकामा पाइलट परियोजना सञ्चालन गर्दैछ ।

नयाँ वास्नादार पफ्र्युमले कसरी मानिसहरुलाई शौचालय जान प्रेरित गर्न सक्छ भनेर कम्पनीले जान्न चाहेको छ ।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनबाट बिश्वका लाखौं बालबालिकालाई सहयोग गरिरहेका गेट्सको ध्यान र समय यतिबेला दिसा बस्न सहयोग गर्ने परफ्युम उत्पादनमा केन्द्रीत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?