Comments Add Comment

एमालेलाई प्रधानमन्त्रीको चेतावनीः सहमति हुन नदिए आफ्नै एजेण्डामा फर्कन्छु !

टेलिभिजनबाट ओलीलाई प्रश्न– औचित्यपुष्टि भएन भनेर कसलाई भन्न खोजेको ?

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनलाई लिएर प्रमुख विपक्षी एमालेबाट नकारात्मक प्रचार भएको भन्दै यसले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

सहमति हुन नदिए आफू पुरानै एजेण्डा फर्कने समेत माओवादी अध्यक्ष प्रचण्डले चेतावनीसमेत दिएका छन् ।

सीमांकनबारे आफूले तयार पारेको प्रस्ताव विगतमा एमालेले स्वीकार गरे भन्दा फरक नभएको उनको दाबी छ । सरकारी टेलिभिजन एनटीभीको कार्यक्रम सीधा कुरा पीएमसँगमा प्रधानमन्त्री प्रचण्डले भने– ‘अहिले गर्न खोजिएको संशोधन उहाँहरुले पहिला मानेको कुराभन्दा बाहिर छैन । अझ प्रतिपक्षका प्रमुख नेताले त पानैपिच्छे हस्ताक्षर गरेको भन्दा बाहिर छैनौं ।’

अहिले आएर नानथरीको कुरा थालेको भन्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने– ‘विपक्षी एमालेलाई प्रश्न गरे, यो राष्ट्रलाई एकतावद्ध गर्न नचाहेको हो ? भन्दाचाहिँ संविधान कार्यान्वयन भन्ने तर वातावरण चाँहि विगारेर भताभुंग पार्न खोजेको हो त ? आफैंले स्वीकार गरेको कुरालाई औचित्यपुष्टि भएन भनेर कसलाई भन्न खोजेको ?’

उनले आफू अहिले पनि एमाले नेतृत्वसँग सम्वादमा रहेको र सहमति जुट्छ भन्नेमा आशावादी रहेको बताए ।

प्रधानमन्त्रीले भने, यदि साँच्चै नै संविधान संशोधन हुन पनि नदिने, राष्ट्रलाई एकतावद्ध हुन पनि नदिने र चुनाव पनि हुन नदिने किसिमको परिस्थिति बन्यो भने, ‘म आफ्नो जे एजेण्डा हो, त्यसमा जानुपर्ने हुन्छ ।’

त्यो एजेण्डा के हो भन्ने प्रश्नमा उनले १० प्रदेशतर्फ संकेत गर्दै भने, त्यो भनेको मैले मधेस, आदिवासी जनतजाति, थारु र सबै मजदुर किसान, पहाड, हिमाल तराई सबैलाई जोड्नका निम्ति हाम्रो एजेण्डा जे छ, त्यही एजेण्डामा संशोधन गर्नुपर्ने स्थिति आउन सक्छ ।’

उनले अघि भने, त्यस्तो गर्न परोस् भन्ने चाहना मेरो छैन, सबैको सहमति र समझदारीले होस् भन्नेतिर नै मेरो जोड छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँगको सम्वाद सकारात्मक रहेको र मंसिर ६ गते अन्तिम कुरा गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

सहमति नभए पनि सरकारले आफ्नोतर्फबाट संशोधन दर्ता गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment