
६ मंसिर, काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको राष्ट्रिय भेला स्थानीय तहको चुनावपछि मात्रै हुने भएको छ ।
अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा सोमबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले राष्ट्रिय भेलाको सट्टा स्थानीय तहको चुनावमा केन्द्रित हुने निर्णय गरेको छ ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारले आगामी चैतमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरिसकेको छ ।
माओवादी केन्द्रीय कार्यालय सदस्य गिरिराजमणि पोख्रेलका अनुसार अब सबै नेता-कार्यकर्ताहरुलाई चुनावको तयारीमा केन्द्रित गरिने छ । त्यसकै तयारीस्वरुप मंसिर ११ र १२ गते पोलिटव्यूरो बैठक बोलाइएको नेता पोख्रेलले जानकारी दिए ।
पोलिटव्यूरो बैठकपछि प्रादेशिक भेला तथा प्रशिक्षण गर्ने माओवादीको तयारी छ ।
नेता पोख्रेलले अनलाइनखबरसँग भने, ‘स्थानीय तहको चुनाव अघि राष्ट्रिय भेला हुँदैन ।’
माओवादी केन्द्रको राष्ट्रिय भेलाको मिति पटक-पटक तोकिँदै स्थगित हुँदै आएको छ ।
प्रतिक्रिया 4