+
+
Shares

राप्रपा र राप्रपा नेपालको एकता घोषणा, नयाँ शक्ति उदय भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ६ गते २०:२३

rpp-nepal-and-rpp

६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता घोषणा भएको छ । एकता घोषणा गर्दै नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरे ।

एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ भने झण्डा राप्रपा नेपालको कायम गरिएको छ । पार्टीको कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनी वरिष्ठ नेता छन् ।

प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित पार्टी एकता घोषणा सभामा नेताहरुले अब राप्रपालाई देशको प्रमुख शक्ति बनाउने बताए । राप्रपा अध्यक्ष कमल थापाले भने, ‘यो एकताले बैकल्पिक मार्गचित्रका साथ एउटा प्रजातान्त्रिक शक्ति खडा भएको छ ।’

मुलुकले भरोसा गर्न सक्ने, दुरगामी सोचाई र अनुभव बोकेको पंक्ति पार्टीमा रहेको उनले बताए । आरोह अवरोहका क्रममा केही ओझेलमा परेको भएपनि अब नयाँ शक्तिको उदय भएको र जनतामा भरोसा जागेको उनले दाबी गरे ।

राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका गर्ने बताए । नेपाल धर्मनिरपेक्ष हुन नसक्ने भन्दै उनले भने, ‘म चुनौती दिन चाहन्छु, सक्छौं भने जनमत संग्रह गरेर जनमत संग्रह गर ।’

नेता विश्वबन्धु थापाले राप्रपा हुने आफ्नो सपना पूरा गरेको भन्दै नेताहरुलाई धन्यवाद दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?