Comments Add Comment

बालुवाटारमा कडि्कए ओली, संविधान संशोधनमा सहमति जुटेन

3-party-meeting-at-baluwatar

६ मंसिर, काठमाडौं । संविधान संशोधनमा प्रमुख विपक्षी नेकपा एमालेको सहमति लिने सरकारको प्रयास असफल भएको छ । सत्तारुढ कांग्र्रेस र माओवादीले भने मधेसी मोर्चासँग छलफल गएर अघि बढ्ने संकेत दिएका छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनको वातावरण बनाउन भन्दै संशोधनको प्रस्ताव राखे । उनले संविधानमा चार विषयमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताए ।

मुख्य विषय सीमांकन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सीमांकनमा के आधार बनाउने भन्दा कांग्रेस र एमालेले जे प्रस्ताव गरेको थियो । त्यसम जाऔं ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालै प्रधानमन्त्रीको प्रस्तावमा सहमति जनाए ।

तर, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली कडिकए । संशोधन प्रस्ताव अस्वीकार गरेका उनले संविधान संशोधन राष्ट्रविरोधी कदम हुने भन्दै दर्ता नगर्न सरकारलाई सुझाए । यदि एमालेको विरोधका बीच संशोधन दर्ता भए रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं र प्रतिवाद हुन्छ ।’

उनले रचानात्मक प्रतिपक्ष भन्दै हातले कोट अनकोटको संकेत गरेका थिए । उनको आशय सरकारले संशोधन दर्ता गरे सशक्त प्रतिवाद गर्ने थियो ।

देउवालाई प्रश्नः कैलाली पनि हो ?

एमाले नेताहरुले बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि कडा प्रश्न गरे । सीमांकन हेरफेर गर्ने प्रचण्डको प्रस्तावमा देउवाले ल ल त्यस्तै गरौं भनेेमा प्रश्न गर्दै एमाले नेताहरुले देउवा सोधेः कैलाली पनि हो ?

लगतै देउवा कहाँ … कहाँ कैलाली छ भनेर पन्छिएका थिए ।

बामदेवले उठाए संवैधानिक प्रश्न

बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन गर्न संवैधानिक रुपमै नमिल्ने बताए । उनलेसीमांकन हेरफेर गर्न प्रदेश सभाको सहमति चाहिने संविधानको धारा २७४ पढेर सुनाउँदै भने, कहाँ छ प्रदेश सभा ?’

र, उठ्दै गर्दा ओलीले भने

प्रमुख विपक्षी एमालेले संशोधनमा सहमति नजनाएपछि बैठकमा कुनै सहमति जुट्न सकेन । र, बैठकबाट उठ्दै गर्दा दलहरुबीच द्वन्द्व बढाउने काम नगर्नुहोला भनेको एक नेताले बताए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रक्रिया अगाडि बढाए एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

यसैगरी गृहमन्त्री एवम् कांग्रेस नेता विमलेन्द्र निधिले सरकार र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन गर्नुपर्ने भएकाले एमाले सहमतिमा नआए पनि अगाडि बढ्ने बताए । सीमांकन, नागरिकता लगायतका चारवटा विषयमा संविधान संशोधन आवश्यक रहेकाले बुधबार मधेस केन्दि्रत दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने बताए ।

माओवादीका नेता वर्षमान पुन ‘अनन्त’ले संविधानको सर्वस्वीकार्यता बढाउन संशोधन आवश्यक रहेको तर्क गरे । एमालेले बोलि फेरेकाले आफूहरु स्तब्ध भएको बताए । उनले संविधान संशोधन गर्नै दिँदैनौं भन्ने एमाले नेताहरुको अभिव्यक्ति दम्भ, अहंकार र गैरजिम्मेवार भएको आरोप लगाए ।

‘पटक-पटकको छलफलमा एमालेले संशोधन प्रस्ताव ल्याउनुस् छलफल गरौंला भनेको थियो । तर, आज आउँदा पोजिसन चेन्ज गर्‍यो,’ अनन्तले पत्रकारहरुसँग भने, ‘पार्टीले पोजिसन चेन्ज गर्न त पाउँछ तर संशोधन दर्ता नै रोक्छौं भनेर जिम्मेवार राजनीतिक दलले भन्नु सुहाउने कुरा होइन ।’

उनले हामीहरु बिना केही पनि हुँदैन भन्नेजस्तो नठान्न एमालेलाई आग्रह गरे । एमालेको निर्णयलाई सत्ता साझेदार दलहरुले अन्यथा नलिएको भन्दै उनले भने, ‘भोलि या पर्सि मधेसी मोर्चासँग छलफल गर्छौं र अगाडि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment