७ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ शक्ति नेपालका नेता एवम् सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले १ करोड ९१ लाख ९६ हजार ३६ हजार ८ सय ८१ रुपैयाँ ४५ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मंगलबार मुद्दा दायर गरेको हो ।
भट्टराई नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य हुन् ।
अख्तियार प्रवक्ता गणेशराज कार्कीका अनुसार भट्टराईलाई १ करोड ९१ लाख ९६ हजार ३६ हजार ८ सय ८१ रुपैयाँ ४५ पैसा बराबरकै रकम विगो दावी गर्दै सोही बमोजिम कैद र जरिवाना माग गरिएको छ । साथै स्रोत नखुलेको सो सम्पत्ती जफत गर्न पनि अख्तियारले माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4