Comments Add Comment

हरियो चियापत्तिको उचित मूल्य माग्दै काठमाडौंमा धर्ना

ilam tea baga
७ मंसिर, काठमाडौं । चियाको हरियो पत्तिको उचित मूल्य नपाएको भन्दै झापाका किसानले राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा धर्ना बसेका छन् ।

सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै उनीहरुले राष्ट्रिय चिया तथा कफी विकास बोर्डमै १३ दिने शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेका हुन् ।

सरकारले आफूहरुको माग सुनुवाई नगरेपछि काठमाडौ केन्दि्रत आन्दोलन सुरु गरिएको साना किसान झापाली चिया व्यवसायी संघका अध्यक्ष पूर्णकुमार कार्कीले बताए ।

उनले शान्तिपूर्ण आन्दोलनमार्फत आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभए कडा आन्दोलनमा जाने चेतावनी पनि दिए । अध्यक्ष कार्कीले झापाको स्थानीय प्रशासनले आफूहरुलाई न्याय नदिएको भन्दै न्यायिक जाँचबुझ गठन गर्नुपर्ने माग समेत गरे ।

चियाको हरियो पत्तिको उचित मूल्य निर्धारण गर्ने भरपर्दो, दिगो र पारदर्शी पद्धतिको माग गर्दै झापाका चिया किसानले विर्तामोडमा ५६ दिनसम्म धर्ना बसेका थिए ।

संघले चिया प्रशोधनका लागि सरकारले दिने भनेको अनुदान रकम पनि एकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment