Comments Add Comment

सलमान र एमीविच अफेयरको चर्चा

salman-khan-and-ami-jackson
नायक सलमान खानलाई बिहे नगरुन्जेलसम्म प्रेमको गसिपले नछाड्ने संकेत गरेको छ । सलमान खानको नाम एकपछि अर्की नायिकासँग जोडिएको छ ।
नायक सलमान खान र नायिका एमी ज्याक्सन प्रेममा रहेको चर्चा बलिउडमा अहिले जोडतोडका साथ चलिरहेको छ । लुलिया वन्तुरसँग व्रेकअप भएपछि सलमानको नाम एमीसँग जोडिएको हो ।

जब, सलमान उनको होम प्रोडक्शनमा निर्माण भएको चलचित्र ‘फ्रिकी की अली’को पत्रकार सम्मेलनमा एमीसँग निकट देखिए, यसपछि यो चर्चा सुरु भएको हो । अहिले यो चर्चाले बलिउडलाई गरम बनाइरहेको छ ।

सलमानले चलचित्र ‘किक’मा ज्याकिलन भन्दा अगाडि एमीलाई नै अफर गरेका थिए । तर, साउथ चलचित्रमा काम गरिरहेकाले एमीले ‘किक’मा काम गर्न पाइनन् । एमी सलमानसँग काम गर्ने आफ्नो सपना रहेको बताउँछिन् ।

२ दिन अगाडि सार्वजनिक भएको रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’को फस्ट लुक कार्यक्रममा सलमान विना निम्तो पुगेका थिए । यसको मुख्यकारण, एमी नै रहेको बताइन्छ । यो चलचित्रमा एमी पनि मुख्य भूमिकामा छिन् ।

सलमान रजनीकान्तको बहाना बनाउँदै एमीलाई प्रमोशन गर्न कार्यक्रममा पुगेको भारतीय मिडियाले दाबी गर्न थालेका छन् । के साच्चै, सलमान र एमीको सम्बन्ध साथीको भन्दा माथि पुगिसकेको हो ? घटनाक्रमले त यस्तै देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment