Comments Add Comment

शाखा अधिकृत तयारीका लागि दुई पुस्तक बजारमा

officer-tayari-book

८ मंसिर, काठमाडौं । सरकारी हाकिम बन्ने सोचमा हुनुहुन्छ ? यदि तपाइँ लोकसेवा आयोगले लिने निजामति सेवाको शाखा अधिकृत पदको तयारीमा हुनुहुन्छ भने तपाईंका लागि दुईवटा उपयोगी पुस्तकहरु बजारमा उपलब्ध छन् ।

करिअर काउन्सिलिङ सेन्टरले शाखा अधिकृतको दोस्रो तथा तेस्रो पत्रलाई समेटेर दुई छुट्टा छुट्टै पुस्तक बजारमा ल्याएको छ ।

सरकारका सहसचिव सुरेश अधिकारीद्वारा लिखित शाखा अधिकृत द्वितीय र तृतीय पत्र शीर्षकको पुस्तकमा शाखा अधिकृतको नयाँ पाठ्यक्रम अनुसार द्वितीय र तृतीयपत्रका सम्पूर्ण पाठ्यवस्तु, नयाँ आवधिक योजना तथा दिगो विकास लक्ष्य, बजेट, मौदि्रक नीति, आर्थिक सर्भेक्षण लगयातका तथ्य र तथ्यांकका साथै पुराना प्रश्नहरुका समाधानलाई समेत मूल पाठ्यांशमा नै समेटिएको सेन्टरले जनाएको छ ।

त्यस्तै शाखा अधिकृत प्रश्नोत्तर शीर्षकको अर्को पुस्तकमा लोकसेवा आयोगले हालसम्म दोश्रो तथा तेश्रो पत्रमा सोधेका तथा आगामी दिनमा सोध्नसक्ने सम्भावित प्रश्नहरुको समाधानका साथै लोकसेवा आयोगको परीक्षामा हुनुपर्ने लेखनको शैली, सीप, प्रस्तुति तथा जानकारीहरु समावेश गरिएको छ । सुरेश अधिकारी, यदु नेपाल र रुपनारायण खतिवडाले संयुक्त रुपमा यो पुस्तक लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment