+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल महोत्सव उदघाटन गर्न परराष्ट्रमन्त्री महत अष्ट्रेलियामा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ८ गते १४:५०

prakash-sharan-mahat

सिड्नी । आगामी शनिवार सिड्नीमा हुने नेपाल महोत्सव उदघाटन गर्न नेपालका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत बुधवार साँझ अष्ट्रेलिया आइपुगेका छन् ।

उनलाई सिड्नी अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली दूतावास क्यानबेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, न्यु साउथवेल्सकालागि नेपाली महावाणिज्य दूत दिपक खड्का, महोत्सव आयोजक समितिका संयोजक दिनेश पोखरेल, गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका प्रवक्ता रञ्जु थापा लगायत सिड्नीमा भएका नेपाली समुदायका नेताहरुले स्वागत गरेका थिए ।

मन्त्री महत बुधवार साँझ राजधानी क्यानबेरा गएका छन् । उनको बिहीबार क्यानबेरामा कुटनीतिक भेटघाटहरु तय भएको नेपाली दूतावास क्यानबेराले अनलाइनखबरलाई जानकारी दियो ।

उनको प्रमुख प्रतिपक्षी दल अष्ट्रेलियन लेबर पार्टीका नेता बिल सोर्टेन तथा अष्ट्रेलियाका परराष्ट्रमन्त्री जुली बिसवसँग भेटघाट तय भएको छ । परराष्ट्रमन्त्री महतले अष्ट्रेलियन नेताहरुसँग नेपाल र अष्ट्रेलियाको दुईपक्षीय हितबारे कुराकानी हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?