१२ मंसिर, नवलपरासी । नवलपरासीको डाडाझेरी छरछरेमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटना १६ जना घाइते भएका छन्, ३ जनाको अवस्था गम्भीर रहेको छ ।
 विकट बलिङ्गटार गाबिस हुदैँ डाडाँझेरी गाबिसको छरछरे जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा नै र एक जनाको बाटोमा ज्यान गएको हो ।
विकट बलिङ्गटार गाबिस हुदैँ डाडाँझेरी गाबिसको छरछरे जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा नै र एक जनाको बाटोमा ज्यान गएको हो ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै डाडाँझेरी गाबिस वडा.नं ८ छरछरेका स्थानीय बासीन्दा भएको जनाइएको छ ।
दुर्घटनामा परी डाँडाझेरी ८ छरछरेका सुमन्ती वाचो, ५२ बर्षीया खेम बाचे, २२ बर्षीका दीपक फाल मगर, ६० बर्षका रेमबहादुर वाचे मगर, ४२ का लोकबहादुर वाचे, ४० बर्षका जयबहादुर बाचे र ४ बर्षका किसान बाचे मगरको निधन भएको हो । ती मध्ये ६ जना एउटै परिबारका रहेको जनाइएको छ ।
दुर्घटनामा १६ यात्रु घाइते भएका र ती मध्ये तीनको अबस्था गम्भीर रहेको र उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भेरहेको लेक बेंसी यातायात समितिका अध्यक्ष युबराज बस्यालले बताए । गम्भीर घाइतेमा चालक प्रकाश नेपाली,यात्रुहरु बद्धिबहादुर सुनारी मगर र खेमनसिहं आले मगर रहेका छन् ।
अन्य घाइतेहरुमा सोही गाउँका भीमबहादुर सुनारी, देउ बहादुर फाल, शेरबहादुर फाल, नुन प्रसाद बाँचे, सन्दिप बाँचे, थमनसिहं बाँचे, चनमायाँ बाँचे, लक्ष्मण बाँचे, सर्ग बहादुर बाँचे, गोपाल सुनारी, यमकुमारी फाल, बोमबहादुर सुनारी र दुगाृ बहादुर फालको नारायणी सामुदायिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटना दलदलेबाट ६० किलोमिटर उत्तर नवलपरासीको बिकट बलिगंटार र डाडाँझेरी गाबिसको खाेँचमा पर्दछ । घटना दुर्गम स्थानमा भएको र बुलिङ्गटार प्रहरी चौकीसंग साधन र जनशक्ति अभावका कारण उद्दारमा ढिलाई भएको थियो ।
केही दिन अगाडि सो गाउका युवा र बुलिगंटारका युवाबीच भएको सामान्य झगडाको प्रहरी चौकी बुलिगंटारमा मिलापत्र गरेर ग १ ज ३६३२ नं को लेकबेंसी यातायात समितिको जीप बुलिगंटारबाट चढेर आफनो गाउँ छरछरे आउने क्रममा बलिगंटारको वडा. नं ८ बतासे डाडाँबाट राती १० बजे खस्दखा घटनास्थलमा सात जनाको ज्यान गएको बलिगंटार प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4