Comments Add Comment

नेपाल अमेरिका एकता समाजको साधारणसभा हुँदै

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्समा स्थापना भएको नेपाल अमेरिका एकता समाजको वार्षिक साधारणसभा आगामी डिसेम्बर ४ तारिख आइतबार आर्टेसिया सहरमा हुने भएको छ ।

nepal-america-ekata-samajसाधारण सभा साँझ सात बजे देखि तारा हिमालयन कुजिन आर्टेसियामा  हुने तय भएको जानकारी संस्थाको महासचिव डोल्मा लामाले दिइन् ।

सभामा भविष्यमा हुनगईरहेको एनआरएन अमेरिकाको निर्वाचनको सम्बन्धमा समेत छलफल गर्ने कार्यक्रम रहेको एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए ।

वार्षिक साधारण सभाले यस क्षेत्रमा बसोबास गर्ने नेपालीलाई एककृत गर्न योजना समेत बनाउने छ ।

संस्थाले प्रवासमा रहेका नेपाली समुदायको हक, हित र अधिकारको संरक्षण र प्रबर्धन तथा नेपाली चाड पर्वका बेला सबै नेपालीहरुलाई एकै थलोमा  भेला गरी नेपाली पनको महसुस गराउदै आई रहेको छ ।

साधारण सभामा गत एक वर्षको कार्यक्रम तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन, संस्थाको वार्षिक कार्ययोजना लगायतका विषयमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment