Comments Add Comment

केपी ओलीलाई प्रचण्डको चुनौतीः राष्ट्रघात मैले नै सुरु गरेको हुँ भनेर माफी माग्नुस्

Prachanda_2१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ बनाउँदा राष्ट्रघात गरेछु भनेर जनतासँग माफी माग्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् । साथै उनले सीमांकन हेरफेरसहित आएको संविधान संशोधनको प्रस्तावको विरोधमा भइरहेको आन्दोलनलाई वितण्डाको संज्ञा दिएका छन् ।

नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रदेश नम्बर दुई बनाउँदा आफूले मकवानपुर, सिन्धुलीलाई राखौं भन्दा नमान्नेहरुले नै अहिले आन्दोलन गरिरहेको बताए । उनले भने, ती साथीहरु जसले २ नम्बर प्रदेशमा तराई मात्र राख्नुपर्छ भनेर जोड गर्नु भो, तिनै साथीहरु ५ नम्बरका लागि आन्दोलनमा छौं भन्नु भएको छ ।’ हिजो ५ नम्बर प्रदेशका पहाडका जिल्लाहरु पहाडमै हुनुपर्छ भन्नेहरुले ‘प्रचण्डले लुम्बिनी त भारतलाई बुझाइसक्यो ’ भनेर प्रचार गरेको सुनेको भन्दै उनले भने, मलाई बडा दुख छ । यस्तो फोहोरी राजनीति चलिराखेको छ, यसप्रति विरोध र आक्रोस पनि छ ।’

उनले अघि भने, यसो हो भन, जो साथीहरु आन्दोलनमा हुनुहुन्छ, २ नम्बर प्रदेश बनाउने राष्ट्रघाती काम गरिसक्यौं । र, ५ नम्बर प्रदेशका पहाडी जिल्ला पहाडमा राख्ने राष्ट्रघात हामीले नै सुरु गरेको हो । त्यसका निम्ति पहिला जनतासँग क्षमा माग्नुपर्‍यो । अनि अबदेखि हामी यो मान्दैनौं भन्नुपर्‍यो ।’ उनले दुई नम्बर प्रदेशमा पहाडी जिल्ला राख्नुप¥यो भनेर आन्दोलन गर्न सक्नुहुन्छ भनेर प्रश्न समेत गरेका छन् ।

प्रमुख विपक्षीप्रति आक्रमक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री प्रचण्डले भने, अहिले प्रमुख प्रतिपक्षी दलका नेता (केपी ओली)ले भन्नुपर्‍यो, पहाडका जिल्ला पहाडमा, तराईका जिल्ला तराईमै हुनुपर्छ भन्ने मै हुँ । त्यो राष्ट्रघाती कामको सुरुवात मैले नै गरेको हुँ भनेर भनिदिनुस् । अनि उहाँसँग म सहमत अहसमत हुने कुरा बल्ल आउँछ ।’

उनले विपक्षीमाथि जनताको भावनामा खेलेर क्षणिक आत्मारतीमा रमाउन लागेको आरोप समेत लगाएका छन् ।

मधेसी मोर्चासँग आफू निरन्तर सम्वादमा रहेको र उनीहरुले केही परिमार्जन होस् भन्ने चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डले  भने, प्रतिपक्षी दलका नेताहरुसँग पनि कुराकानीमै छु । यद्यपि केही नेताहरुले मलाई हेर्न नचाहने, कुराकानी गर्नै नचाहने भनेको पनि बाहिर आएको छ । तर, पनि मेरो कुराकानी भइरहेको छ ।’

मधेसी मोर्चा र एमाले सहमतिमा आउनुको विकल्प नभएको भन्दै उनले भने, उहाँहरुले यो वितण्डा विचित्रको खेल खेल्नु हुने हो, नेपाली जनताले हेरिराख्छन् । मेरो चाहिँ ढिलो नगरौं, बसेर छलफल गरौं भन्ने आग्रह छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment