+
+
Shares

भारतले भन्यो-संविधान संशोधन विधेयक महत्वपूर्ण कदम

संसदबाट सफलतापूर्वक पारित हुने विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १९ गते १६:५५

India-Flag
१९ मंसिर, काठमाडौं । भारतले नेपालको संविधान संशोधनका लागि संसदमा विधेयक पेश हुनुलाई एउटा महत्वपूर्ण कदम भनेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतवासले संविधान संशोधनको विधेयक आएसँगै सबै पक्ष यसमा समेटिने आशा व्यक्त गरेको छ ।

दूतावासले यो विधेयक सफलतापूर्वक निष्कर्षमा पुग्ने अपेक्षा गरेको छ । नेपालको एक निकट छिमेकी हुनुको नाताले भारत यहाँको शान्ति, स्थिरता र विकासप्रति सधैं सहयोगी रहेको समेत दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति 

relese-of-india

यसअघि शनिवारमात्रै भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दूतावासमै बोलाएर दिवाभोज दिएका थिए । उनले मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्न सुझाव दिएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेटेका राजदूत रायले एमाले बाहेक पनि संसदमा दुई तिहाई बहुमत पुर्‍याउन मधेसी मोर्चाले सघाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।

भारतले नेपालको संविधान अझै समावेशी हुन नसकेको भन्दै स्वागत गरेको छैन । उसले असन्तुष्ट सबैलाई समेटिने गरी संशोधन गर्न सुझाव दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?