Comments Add Comment

राप्ती पुल शिलान्यास गर्न प्रधानमन्त्री दाङ जाँदै, एमालेद्वारा बन्द घोषणा

Prachanda_2

२१ मंसिर, काठमाडौं । राप्ती नदीको पुल शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार दाङ देउखुरी जाँदैछन् । पुलले पूर्वपश्चिम राजमार्गमा पर्ने सिसहनियाँ गाविस र कालाकाटे-गढवा सडकखण्ड अन्तर्गत गोबरडिहा गाविसको महदेवा गाउँलाई जोड्ने छ ।

राप्तीमा पुल बन्ने भएपछि गोबरडिहा र सिसहनिया गाविसका बासिन्दा खुसी छन् । तर, पुल शिलान्यास कार्यक्रममा दाङ आउन लागेका प्रधानमन्त्री प्रचण्डलाई प्रभावित पार्ने गरी एमालेले जिल्ला बन्द घोषणा गरेपछि स्थानीय निराश बनेका छन् ।

अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य पवन शर्मा रिजालले संविधान संशोधनको विरोध र प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै बुधबार दाङ जिल्ला बन्द गरिएको अनलाइनखबरलाई जानकारी दिए ।

राप्ती नदीमा बन्ने पुलले सिसहनिया गाविसको वडा नम्बर २ छोट्की सिसहनियादेखि गोवरडिहा गाविसको वडा नम्बर ६ महदेवासम्म जोड्ने छ । हाल राप्ती नदीको दाङ खण्डमा भालुबाङ र गढवामा पक्की पुल छ ।

[sam_list]

गोबरडिहा गाविसको महदेवाबाट पूर्वपश्चिम राजमार्गअन्तर्गत सिसहनिया जोड्ने पुल नहुँदा स्थानीयबासिन्दा कालाकाटे वा गढवा-लमही हुँदै निकै लामो दुरीको यात्रा गर्न बाध्य छन् । वर्षायाममा जोखिमपूर्ण तरिकाले डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता स्थानीयमा छ ।

२०७२ पुस २२ गते इन्जिनियर र स्थानीयसहितको टोलीले सो पुल निर्माण क्षेत्रको सर्भे गरेको थियो । सो स्थानमा पुल निर्माण भएमा महदेवा र सिसहनिया १० मिनेटमै आउ-जाउ गर्न सकिन्छ । नदीले महदेवा तर्फको हजारौं हेक्टर खेतियोग्य जमिन कटान गरिरहेको छ । पुल निर्माण भएमा कटान रोकिने र छिटो तथा सुरक्षित यात्रा गर्न पाइने विश्वासले स्थानीय खुसी भएका छन् । पुल निर्माणले महदेवा र सिसहनियाँसहित, धैरेनी, रतनपुर, कोठरी, घुस्रा, पचहिया, पत्रिंगालगायत गाउँका हजारौं बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सिसहनिया प्रगती बजारवाट छोट्की सिसहनिया हुँदै गोवरडिहा गाविसको महदेवा जोड्ने गरी पुल निर्माणका लागि स्थानीय स्तरबाट पहल गरिएको थियो । त्यही पहलको आधारमा सरकारको योजना परेको महदेवाका चेतनाथ शर्माले जानकारी दिए ।

प्रधानमन्त्रीको के-के छ कार्यक्रम ?

प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान काठमाडौंबाट हेलिकोप्टर मार्फत् दाङ जाने र लमहीस्थित क्रिकेट मैदानमा ओर्लिने योजना छ । लमहीबाट गाडीमार्फत् सिसहनियाको प्रगतिनगर बजारबाट छोट्की सिसहनियाँ हुँदै राप्ती नदी किनारमा पुग्ने तयारी छ । त्यहाँ पुलको शिलान्यास पछि सरकारी कर्मचारीहरुलाई निर्देशन दिने र पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्ने योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment