म सधै नै बिहान ११ बजे उठ्छु । मेरो बिहान जहिले पनि उठ्दा ढिलो नै उठ्छु । यसको पनि आफ्नै कारण छ । म प्राय राती ११ बजेपछि विदेशमा बस्ने आयोजकसँग भाइवरमा कार्यक्रमको बारेमा कुरा गर्छु । यस्तै, मेरो आमा-बुबासँग कुरा गर्ने समय पनि यहि बेला नै हुन्छ । यसैले पनि जहिले सुत्दा रातको १ देखि २ बज्छ । जसले गर्दा म बिहान ढिलो नै उठ्छु ।
बिहान उठेर म जहिले पनि नुहाइधुवाई गरेर फ्रेस हुन्छु, आज पनि सोहि काम गरेँ । यसपछि, खाना खाएर म आवर रेकडिङ स्टूडियो पुगेा । संगीतकार बसन्त सापकोटाको संगीतमा एउटा कलेक्शन एल्बमका लागि गीत रेकडिङ गर्नु थियो । साढे १ बजेसम्म गीत रेकडिङ गरेँ । फेरि, त्यहाँबाट म एकस्टिक रेकडिङ स्टूडियोमा पुगेँ । त्यहाँ चलचित्र ‘लोभी मान्छे’का लागि एउटा गीत रेकडिङ गरेँ ।
उत्तमजंग लिम्बुको संगीतमा समावेश एउटा गीत रेकडिङ सक्दा ४ बज्यो । त्यो सकेर म आफ्नै अफिस, ‘राजेश पायल फाउन्डेशन’ आइपुगेँ । यहाँ, आफ्ना साथीभाइसँग भेटघाट गरेँ । अब, म काठमाण्डौको केएमसी अस्पताल जान्छु । त्यहाँ मेरो भाइको उपचार भैरहेको छ ।
अस्पतालबाट घर पुगेपछि म फेसबुक, ट्विटर चलाउँछु । म टीभी हेर्दिन । मैले टीभी नहेरेको ५ बर्ष बढी भैसक्यो । खाना खाएर बेलुकी फेरि विदेशमा रहने नेपालीहरुसँग कार्यक्रमको बिषयमा कुराकानी हुन्छ ।
आजको दिन सामान्य नै रह्यो । एउटा कलाकारका लागि काम गर्न पाउनु ठूलो कुरा हो । अरु बेलामा ४ वटासम्म गीत रेकडिङ हुन्थ्यो । म भर्खरै मात्र विदेशबाट आएकाले शरीरलाई आराम पनि दिइरहेको छु । आजको दिनलाई म ५ मा ३.५ दिन चाहन्छु ।
प्रतिक्रिया 4