+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

म प्रधानमन्त्री रहँदासम्म संशोधन फिर्ता हुन्नः प्रचण्ड

विनोद घिमिरे विनोद घिमिरे
२०७३ मंसिर २२ गते १६:५८

pm-prachanda-1

२२ मंसिर, दाङ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव कुनै परिमार्जन हुन सक्ने तर कुनै हालतमा फिर्ता नहुने प्रष्ट पारेका छन् ।

दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेे, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन बरु संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्छ ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् ।

pm-prachanda

उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दलहरुलाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्ने बताए ।

सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौं भनेर एमालेले केहि समयपछि गल्ती महसुस गर्नेछ, प्रधानमन्त्री प्रचण्डले भने ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?