+
+

प्रचण्डलाई केपी ओलीको प्रश्नः भारत जाँदा दौरा सुरुवाल किन नलगाएको ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २३ गते १६:२१

kp-sharma-oli

२३ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कडा आलोचना गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डमाथि आरोपै आरोप लगाए ।

बिहीबार फोरमका पाँच केन्द्रीय सदस्यसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले प्रचण्ड सरकारमाथि पैसा नखाई भूकम्प पीडितहरुलाई राहत नदिने आरोप लगाए । भने ‘सरकारलाई जता पैसा छ, त्यतै ध्यान छ । भूकम्प पीडितलाई राहत दिन समेेत वास्ता गरेको छैन । मैले भनेको चित्त बुझ्दैन भने मसँग प्रश्न गर्नुस् । तर, मलाई थाहा छ, प्रधानमन्त्री र अर्थमन्त्रीसँग प्रश्न सोध्ने हिम्मत छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफू पहिचानवादी भएको बताए पनि व्यवहारमा नभएको एमाले अध्यक्ष ओलीले बताए । उनले भने, खुब पहिचानको कुरा गर्नुहुन्छ । तर, प्रधानमन्त्रीको हैसियतमा भारत जाँदा किन राष्ट्रिय पहिचान झल्कने दौरा सुरुवाल नलगाएको ?’

प्रचण्ड सुट लगाएर भारत भ्रमणमा गएको भन्दै उनले अघि भने, यो उहाँको नक्कली नारा हो ।’

पूर्व प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्यका लागि आफूले काम गरेको तर, जस प्रचण्डले लिएको दाबी गरे । उनले भने, मेरै नेतृत्वको सरकारले लोडसेडिङ हटाउने तयारी गरेको थियो । भारतबाट विजुली ल्याउने सम्झौता मेरै पालामा भएको । तर, अहिलेको सरकारले लोडसेडिङ हटाएको जस खाँदैछ ।’

उनले माओवादीसँग सरकार सक्दैन भन्ने प्रमाणित भइसकेको दाबी गरे । कांग्रेस, माओवादी र मधेसी केन्द्रीत दल हुँदा पनि सरकारको गियर जाम भएको भन्दै उनले भने, उहाँहरुसँग सरकार चलाउने क्षमता नै छैन । आवश्यक परे हामी जुन सुकै बेला सरकार चलाउन सक्छौं ।’

अधिकांश समय माओवादी र सरकारको ओलाचनामा खर्चिएका ओलीले आफ्नो आलोचकमाथि पनि खनिए । माओवादीले लुटेको पैसाले चलाएका मिडिया एमालेविरुद्ध खनिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?