+
+
Shares

दौरासुरुवाल नलगाई राप्रपाका नेता संसद छिर्न नपाउने

मधेसी र जनजातिलाई दौरा सुरुवाल अनिवार्य छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १७:०१
unity-of-rpp
राप्रपाका नेताहरु पार्टी एकता सभामा । फाइल तस्वीर

२४ मंसिर, काठमाडौं । राप्रपाले व्यवस्थापिका संसदमा आफ्ना सांसदहरुलाई दौरा सुरुवाल अनिवार्यरुपमा लगाउनुपर्ने नियम लागू गरेको छ । तर, जनजाति र मधेसी सांसदलाई भने दौरासुरुवाल स्वेच्छिक गरिएको छ ।

शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले आफ्नो सांसदहरुलाई दौरा सुरुवाल अनिवार्य गराएको हो । राप्रपा बैठकले पारित गरेको एक पन्ने आचार संहितामा पुरुष सांसदका लागि आफ्नो राष्ट्रिय पोशाक अनिवार्य गरिएको प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई बताए ।

‘पुरुषहरुलाई दौरा सुरुवाल अनिवार्य गरिएको छ र राप्रपाका महिला सांसदज्यूहरुले गुन्यु चोली नलगाई संसदमा जान नपाउने भएका छन्,’ गिरीले अनलाइनखबरसँग भने, ‘तर, मधेसी र जनजाति, मस्लिम समुदायका सांसदहरुले दौरा सुरुवालको साटो आफ्नो जातीय भेषभुषा झल्कने पोशाक लगाएर संसदमा जान पाउँछन्, त्यस्तो पोशाक नलगाउने हो भने दौरासुरुवाल वा गुन्युचोली अनिवार्य लगाउनुपर्नेछ ।’

राष्ट्रिय पोशाकलाई प्रवर्धन गर्न यस्तो आचार संहिता बनाइएको गिरीले बताए ।

संसदका पदाधिकारी चयन

यसैवीच राप्रपा संसदीय दलको बैठकले दलका तर्फबाट संसदीय पदाधिकारी चयन गरेको छ । जसमा प्रमुख सचेतक दिलनाथ गिरीलाई बनाइएको छ भने सचेतकमा पर्शुराम तामाङ, सचिवमा आनन्दीदेवी पन्त र कोषाध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन् ।

यो समाचार पनि पढ्नुहोस्

एमालेलाई राप्रपाको आग्रहः संसद अवरुद्ध गरेर अतिवादीलाई फाइदा नपुर्‍याऊँ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?