Comments Add Comment

स्थानीय चुनावबारे निर्वाचन आयोग पनि देउवाकै लाइनमा उभियो

बैशाखमा पुरानै स्थानीय निकायको चुनाव गर्न आयोगको सुझाव

election-commission-nepal

२८ मंसिर, काठमाडौं । सरकारले नयाँ संविधानले व्यवस्था गरेअनुसार ‘स्थानीय तह’को निर्वाचनको मिति घोषणाको तयारी गरिरहँदा निर्वाचन आयोग भने पुरानै संरचनाको स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ ।

निर्वाचनका सम्वन्धमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले आगामी बैशाखमा पुरानै संरचनाको स्थानीय निकायको निर्वाचनको पक्षमा उभिएका बेला निर्वाचन आयोगसमेत स्थानीय निकायकै निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको हो ।

आयोगका एक उच्च अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै संविधानले व्यवस्था गरेबमोजिम स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन बनिनसकेको र त्यसको संरचनागत एवं भौतिक संरचना समेत तयार नभएको बताए ।

यस्तो अवस्थामा बैशाखभित्र स्थानीय तहको निर्वाचन गराउन अप्ठेरो हुने ती अधिकारीले बताए । उनले भने, कस्तो निर्वाचन गराउने सरकारको अधिकारको विषय हो, तर केही जिल्ला प्रशासन र स्थानीय निकायले समेत स्थानीय निकायकै निर्वाचन गर्दा सजिलो हुने सुझाव दिएका छन् ।’

ती अधिकारीले स्थानीय तहको निर्वाचन गराउन बैशाखसम्मको समय पर्याप्त नभएको समेत प्रतिक्रिया दिएका छन् । आयोगका ती अधिकारीले अघि भने, ‘राजनीतिक दलहरु निर्वाचनमा सहमत हुँदा, कानुन बनेर आउँदा र स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन आउँदासम्म कति समय लाग्ने हो निश्चित छैन । यसरी हेर्दा बैशाखमा निर्वाचन हुने कुरामै ढुक्क हुने स्थिति भइसकेको छैन ।’

माओवादी र कांग्रेसवीच अन्तरविरोध

पुरानै संरचनाको चुनाव गर्ने कि नयाँ स्थानीय तहको गर्ने भन्नेबारे सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसवीच मत बाझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा विगतदेखि नै पुरानै स्थानीय संरचनाको चुनाव गरिनुपर्ने बताउँदै आएका छन् भने माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड नयाँ स्थानीय तहको चुनाव हुनुपर्ने अडानमा छन् ।

prachanda-deuba-oli

तर, आइतबार भएको केपी ओली र शेरबहादुर देउवावीच भएको भेटमा पुरानै संरचना अनुसार चुनावमा जाने ओली र आफूवीच सहमसति भएको देउवाको दाबी छ ।

यसैवीच मंगलबार पोखरा पुगेका संघीय मामिलिा तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेसँग कुरा गर्दा उनले अनलाइनखबरसँग भने- ‘हामी अहिलेसम्म नयाँ संरचना अनुसार नै स्थानीय चुनाव गर्नुपर्छ भन्ने पक्षमा छौं, आजै बालुवाटारमा हुने तीन नेतावीचको छलफलले के निश्कर्ष निकाल्छ, त्यो आउन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment