+
+
Shares

विद्युत प्राधिकरणको एमडी बनाइदिन ऊर्जामन्त्रीलाई १० करोड अफर !

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २९ गते १४:०१

janardan-sharma-pravakar-4

२९ मंसिर, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन आफूलाई १० करोड रुपैयाँ घुस अफर आएको बताएका छन् । पाँच जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको तर, आफूले त्यसलाई अस्वीकार गरिदिएको उनले बताए ।

उनले रकम अफर कसले गर्‍यो भन्ने कुरा भने खुलाएनन् ।

मोरङको रंगेलीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाईंहरु जस्तो उद्योगपति म पनि हुनसक्थें हुँला तर मैले त्यो बाटो रोजिन । परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।’

उनल आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेकाले त्यस्तो अफर अस्वीकार गरेको बताए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्यायले लोडसेडिङ हटाएर जनताबाट पाएको वाहवाही र सदभावलाई कायम राख्न कडा मेहेनतका साथ लागिपर्न कर्मचारीहरुलाई निर्देशन दिए । ऊर्जामन्त्रीको कुशल राजनीतिक नेतृत्व र कार्यकारी निर्देशकको सक्षम व्यवस्थापनको कारण लोडसेडिङ हटेको भन्दै उनले यसलाई सुख्खायाममा पनि निरन्तरता दिन फिल्डमा खट्ने कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

लोडसेडिङ न्यूनिकरण होइन, अन्त्यः कुलमान

यसैबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ न्यूनिकरणको कार्ययोजनालाई लोडसेडिङ अन्त्यको कार्ययोजनामा बदल्ने उदघोष गरेका छन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुनदेखि बैशाखसम्म काठमाडौंमा लोडसेडिङ नभए कुनै पनि सार्वजनिक पद धारण नगर्ने चुनौति दिँदै गर्दा वर्तमान कार्यकारी निर्देशक घिसिङले सो उदघोष गरेका हुन् ।

मोरङ व्यापार संघले आयोजना गरेको अन्तर्क्रियामा उनले लोडसेडिङ न्यूनिकरण अभियानमा प्राधिकरणले सफलता हात पारेको भन्दै अब मुलुकबाट लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने उत्साह मिलेको बताए । उनले यो अभियानमा सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?