Comments Add Comment

सिरक ओढेर गोली नचलाउन उर्जामन्त्रीलाई सुझाव

मन्त्रीलाई १० करोड कसले 'अफर' गर्‍यो ? सार्वजनिक गर्न माग

janardan-sharma-pravakar-2

२९ मंसिर, काठमाडौँ । उर्जामन्त्री जनार्दन शर्माले आफूलाई १० करोड घुसको अफर आएको बताएपछि त्यसले तरंग सिर्जना गरेको छ । मन्त्रीलाई १० करोड घुसको अफर गर्नेहरु को हुन्, तिनको नाम मन्त्री शर्माले सार्वजनिक गर्नुपर्ने र उनीहरुमाथि कारवाही हुनुपर्ने माग हुन थालेको छ ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं खोज पत्रकारिता केन्द्रमा कार्यरत बरिष्ठ पत्रकार शिव गाउँलेले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘कसले गरेको थियो १० करोड दिने अफर ? मन्त्री र नेताहरुले सधैं सिरकभित्र बसेर गोली हान्ने ? अर्काको काँधमा राखेर बन्दुक चलाउने ? १० करोड घुसको प्रस्ताव गर्ने व्यक्तिको नाम सार्वजनिक हुनुपर्छ ।’

shiva-gaule
शिव गाउँले

बिराटनगरको रंगेली पुगेका मन्त्री शर्माले आफूलाई विद्युत प्राधिकरणको एमडी बनाइदिन भन्दै १० करोड घुसको प्रस्ताव आएको बताएका थिए । आफूलाई ५ जना व्यक्तिहरु आएर त्यस्तो ‘अफर’ गरेको मन्त्री शर्माले बताएका थिए । आफूले त्यो घुस लिएको भए उद्योगपति बन्ने भन्दै मन्त्रीले घुस नखाई लोडसेडिङ अन्त्य गर्नेतिर अग्रसर भएको बताएका थिए ।

तर, नेता र मन्त्रीहरुले यस्ता घटनालाई हल्का मिडियाबाजीका रुपमा लिन नहुने र घुसको अफर आएकै हो भने त्यस्ता अपराधीलाई सार्वजनिक गरेर कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने गाउँलेको भनाइ छ ।

त्यसो त नेपालमा पृथ्वीनारायण शाहकै पालादेखि एउटा मान्यता के छ भने घुस लिने र दिने दुबै अपराधीहरु हुन् । अब उर्जामन्त्री शर्माले आफूलाई १० करोड घुसको प्रस्ताव लिएर आएका व्यक्तिलाई कारवाही गर्लान् कि नगर्लान् ? त्यो हेर्न बाँकी छ ।

उनीहरुको नाम सार्वजनिक गरेनन् भने मन्त्री शर्माको यस्तो भनाइ सस्तो लोकप्रियताका लागि मात्रै आएको जनमानसमा सन्देश जानु स्वाभाविकै देखिन्छ ।

यो पनि पढ्नुहोस्

विद्युत प्राधिकरणको एमडी बनाइदिन ऊर्जामन्त्रीलाई १० करोड अफर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment