Comments Add Comment

छुल्ठिमको जवानीको मोल खोज्ने को होला ?(भिडियो)

chultim-item
टीजर र केहि तस्बिर सार्वजनिक भएपछि दर्शक र चलचित्रकर्मीको आँखामा परेको चलचित्र ‘डायरी’को एक आइटम गीत सार्वजनिक गरिएको छ । चैत्र ११ गतेबाट रिलिज हुने चलचित्रको आइटम गीतमा चलचित्रका मुख्य कलाकारलाई फिचरिङ गरिएको छ ।

छुल्ठिम इन्टरटेन्मेन्ट र एयर क्रु प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंह मुख्य भूमिकामा छन् । चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरेका हुन् । निर्माणपक्षले आइटम गीत सार्वजनिक गरेर चलचित्रको चर्चालाई अझ उचाइमा लैजान खोजेको देखिन्छ । ‘पैसा न कौडी’ बोलको गीतमा निखिल विश्वासको शब्द तथा संगीत छ भने रेश्मा पुनको स्वर छ ।

भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी छ । शिवराम श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा प्रविन श्रेष्ठको सम्पादन, छेतेन गुरुङको कथा छ । निर्देशक अनिलले आइटम गीत कथाको डिमाण्ड भएकाले समावेश गरिएको बताए ।

लव र कमेडी गीत चलचित्रमा समावेश भएपनि सबैको सल्लाहामा आइटम गीत नै सार्वजनिक गरेको उनले बताए । निर्माता तथा कलाकार छुल्ठिमले ४ रात लगाएर आइटम गीत खिचिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment