Comments Add Comment

यति घण्टा लोडसेडिङ हुन्छ भनेर किन घोषणा गर्ने ?

kulman-ghising-1
लोडसेडिङ हट्ने र घट्ने विषय कुनै चमत्कार होइन । बिजुली एउटा साइन्स हो, जुन म्यानेजमेन्टको पाटो पनि हो । हामीले लोडसेडिङ अहिलेसम्म ब्यवस्थापन गरेर लोडसेडिङ हटाएका हौं ।

उपलब्ध बिजुलीलाई ब्यवस्थापन गर्नु नै अहिलेको हाम्रो काम हो । बिजुलीको स्रोत हिजो पनि त्यही थियो, आज पनि त्यही नै हो । सिस्टमलाई ब्यवस्थानप गर्ने कुरा नै हामीले जोड दिएको र प्रयत्न गरेको हो ।

मुख्य रुपमा बषर्ायाममा बिजुलीको उत्पादन बढ्छ । यो भनेको जेठ-असारदेखि सुरु हुन्छ र असोजसम्म जारी रहन्छ । यो बेलामा अधिकतम् बिजुली उत्पादन हुन्छ ।

असोजपछि नदीहरुमा बिस्तारै बहाब घट्दै जान्छ र माघ/फागुनमा सबैभन्दा मिनिमम फ्लोमा पुग्छ । त्यसबेला बिजुलीको उत्पादन पनि निकै कम हुन्छ । अहिले सप्लाइ र डिमान्ड साइडको म्यानेजमेन्टबाटै कसरी लोडसेडिङ कम गर्ने गर्ने भन्ने कुरा मूल हो ।

अर्को विषय चाँही कसरी बिजुलीलाई समान वितरण गर्ने भन्ने पनि हो । असमान तरिकाको वितरणका कारण पनि समस्या हुन सक्छ । यसका लगि ब्यवस्थापन पक्षमा इमान्दारिता चाहिन्छ ।

अहिले काठमाडौंमा लोडसेडिङ भएको छैन । कतै ट्रान्सर्फमरमा समस्या आएर १/२ घण्टामा रोकिन भने सक्छ ।
हामीले अन्तको लोडसेडिङ बढाएर काठमाडौंको लोडसेडिङ अन्त्य गर्ने भन्ने पनि हुँदैन । अहिले उपत्यकाबाहिर पनि अत्यन्तै कम लोडसेडिङ हुन्छ । पिक आवर (बिहान र बेलुकीको समय) मा बजुली नपुग्ने बेलामा १/२ घण्टा अवस्था हेरेर लोडसेडिङ भइरहेको छ ।

महत्वपूर्ण कुरा, हामीले यो लोडसेडिङ सेड्युल निकालेर गरिरहेका छैनौं । अधिकतम् ब्यवस्थापन गरेर सकेसम्म लोडसेडिङ नगर्ने प्रयत्न भइरहेको छ ।

आपूर्तिको तादम्यता 

पिक आवरमा मागअनुसार सबैलाई बिजुली दिने हो भने २४ सय मेगावाट चाहिन्छ । तर, अहिलेको अवस्थामा हाम्रो आन्तरिक उत्पादन ५ सय मेगावाट हो ।

अहिले हामीले भारतबाट दिउँसोको करिब २०० मेगावाट र पिक आवरमा करिव २७० मेगावाटसम्म ल्याइरहेका छौं । अहिले पिक आवरमा ८ देखि ९ सय सय मेगावाटसम्म सप्लाइ गरिरहेका छौं । यो कसरी भइरहेको छ भन्ने पूर्ण रुपमा ब्यवस्थापनकै विषय हो ।

पिकआवरमा म्यानेज

सिस्टम अपरेशन भनेको निकै महत्वको विषय हो । बेलुकाको समयममा हामी बिग प्लान्टहरुको उपयोग गर्छौं । कालिगण्डकी, मस्र्याङ्दी, त्रिशुली लगायतका प्लान्टहरुलाई ब्यवस्थापन गर्ने प्रयास भएको छ ।

यो सबै सिस्टम अपेशरनको अप्टिमाइज गर्ने विषय हो । यी आयोजनाबाट पानी स्टोर गरेर पिक गर्छौं । कालीगण्डकीले दिउँसो ९० मेगावट दिएपनि बेलुका १ सय ४० मेगावाट दिन सक्छ । किनभने दिउँसो कम चलाएर बेलुकाको अपरेशनमा आवश्यक डिमान्डलाई मिट गर्छौं ।

बिहान पनि सिस्टम पिक हुन्छ । बेलुकाको करिब ९० प्रतिशत पिक बिहान हुन्छ । बिहानको पिकलाई रातिबाटै म्यानेज गरिन्छ । राति बिजुलीको डिमान्ड कम हुन्छ । यस्तै बेलुकाको पिकलाई दिउँसो होल्ड गरेर म्यानेज गरिन्छ । यो पूर्णरुपमा सप्लाइसाइडको म्यानेजमेन्टको पाटो हो ।

अर्को कुरा हामीले उद्योगको मागलाई पिक आवरमा म्यानेज गरेका छौं । यसका लागि फोर्स सर्टडाउन हुन्छ । डिमान्ड साइडमा २५० देखि ३०० मेगावाट बिजुली उद्योग क्षेत्रमा माग हुन्छ ।

बेलकामा हामीले ३ देखि ४ घण्टा उद्योगको बिजुली काटेका छौं । हिजो कसैले ८ घण्टा, कसैले १२ घण्टा र कसैले लगातार पाएको अवस्था थियो । त्यो विभेदको स्थिति अहिले छैन । सबैले २० घण्टा पएका छन् । ८ घण्टा पाउनेले पनि २० र २४ पाउनेले पनि २० घण्टा पाएका छन् ।

उद्योग चल्ने भनेको दुई सिफ्टमा हो । ८/१० घण्टा गरेर जम्मा १६ देखि २० घण्टा उद्योग चल्छन् । त्यसैले अहिले प्रायः उद्योग खुसी छन् । हामीले २० घण्टा बिजुली दिएका छौं । पिक आवरको बिजुली जाने समयलाई उद्योगहरुले सिफ्ट चेन्ज हुने गरी तालिका बनाएका छन् ।

हामीले बेलुकाको ४ घण्टा काटेपनि बेलुकी ९ बजेपछि बिहानसम्म लगातार उद्योग चलेका छन् । यसबाट उद्योगहरुलाई पनि सजिलो भएको छ ।

उद्योगमा पिक आवरमा फोर्स सटडाउन बाध्यात्मक रुपमा गरिएको हो । हामी भोलि उद्योगलाई २४ घण्टा नै बिजुली दिने पक्षमा छँदैछौं ।

अधिकतम् उत्पादन र आयात

अहिले हाम्रा पावरहाउस अधिकतम् क्षमतामा चलिरहेका छन् । केही पावरहाउस अझै अपरेशनमा छैनन् । मध्यभोटेकोशी अझै भूकम्पपछि सञ्चालनमा आउन सकेको छैन । झण्डै ६० मेगावाट बिजुलीको प्लान्टले उत्पादन गर्न सकेको छैन । तर, भएका आयोजनालाई नै अधिकतम् चलाउन हामीले कुनै कसर छाडेका छैनौं ।

हामीले बिजुली आयातको ब्यवस्थापन आवश्यक्ताअनुसरको मिलाएका छौं । भारतबाट अहिले २५० देखि ३०० मेगावाटसम्म हामीले बिजुली आपूर्ति गर्न सकिन्छ । त्योभन्दा बढी हामी चाहेर पनि आयात गर्न सक्दैनौं । हिजो पनि त्यही अवस्था थियो र आज पनि आयात गर्ने पूर्वाधार त्यही नै हो ।

डिमान्ड घटाउने शुत्र

अहिले हामीले डिमान्ड साइट म्यानेजमेन्टमा पनि ध्यान दिएका छौं । डिमान्डलाई घटाउन सकिन्छ भनेर पिकलाई फोर्स हिसाबले पनि डाउन गरेका छौं ।

यसका लागि हामीले अहिले आम उपभोक्तामा सचेतना सिर्जना गर्ने प्रयास गरिहरेको छौं । उपभोक्तासँग सार्वजनिक रुपमा विभिन्न अनुरोध गरेका छौं ।

यसमा उपभोक्ताबाट राम्रो प्रतिक्रिया र सहयोग पाएका छौं । सबैभन्दा बढी समस्या बिहान र बेलुकामा समयमा हो । यो समयमा उपभोक्ताको बिजुली खपत गर्ने शैलीमा परिवर्तन आयो भने डिमान्ड कम हुन्छ ।

हुन त लोडसेडिङ अन्त्य भएपछि बिजुलीको डिमान्डको प्यार्टनमा परिवर्तन भएको छ । उपभोक्ताले प्राधिकरणको प्रयासमा सहयोग गर्ने भावना दर्शाएका छन् ।

बिहान बेलुकामा हामीले धेरै बिजुली खपत गर्ने सामान नचलाइदिन आग्रह गरेका थियौं । अहिले सिस्टममा त्यसको सकारात्मक प्रभाव पेरेको देखिएको छ । उपभोक्ताले अहिले बिजुली खपत गर्ने शैलीमा जुन परिवर्तन गर्दैछन्, त्यो निकै उत्सहाजनक छ ।

लोडसेडिङ कम भएपछि इन्भर्टर पनि चलेको छैन । त्यसले झण्डै १ सय मेगावाट बिजुली बचाएको भन्ने छ । यो मात्रै होइन, अहिले बिजुली चुहावट नियन्त्रणका लागि पनि प्रभावकारी तवरले काम भइरहेको छ । यसका लागि प्रधानमन्त्री कार्यालय र उर्जामन्त्रालयबाट पनि हामीलाई निर्देशनहरु प्राप्त भएका छन् ।

त्यसैअनुसार चुहावट नियन्त्रणका लागि विभिन्न प्रयास भएका छन् । यसबाट पनि डिमान्डको साइटमा पर्वरवर्तन आएको छ । यसले पनि हामीलाई उत्साह थपेको छ ।

माघ फागुनमा के हुन्छ ?

यसअघिका वर्षहरुमा माघमा यति, फागुनमा यति घन्टा लोडसेडिङ हुन्छ भनेर असारमै ‘डिक्लियर’ गरिन्थ्यो । किन गरिन्थ्यो भन्ने त प्रश्न नै छ । तर, लोडसेडिङ पहिल्यै डिक्लियर गर्दा के फाइदा हुन्छ ?

लोडसेडिङ हटाउन सबै कुमानल घिसिङले सबै गर्छ भन्ने होइन । अघि पनि भनिसकेँ, यो इनर्जी म्यानेजमेन्ट भनेको साइन्स हो ।

हामी किन अब लोडसेडिङ यति घण्टा हुन्छ भनेर किन घोषणा गर्ने ? हिजो लोडसेडिङ यति घण्टा हुन्छ भने घोषणा गर्नेहरु हिरो नै हुन्थे । त्यो गरेपछि जनता र अरुले त्यसैअनुसार पनि प्लानिङ गर्थे ।

आज लोडसेडिङ छैन । तरपनि यो प्रश्न आइरहेको छ कि, कहिलेबाट लोडसेडिङ हुन्छ ? यसमा हामीले भनेका छौं- सकेसम्म लोडसेडिङ गर्ने योजना छैन ।

मन्त्रीज्यूले पनि लोडसेडिङको तालिका नल्याउने घोषणा गरिसक्नुभएको छ । तर, यसको मतलब अब लोडसेडिङ नै हुँदैन भनेर डिक्लियर भएको हैन । लोडसेडिङ नगर्न हाम्रो म्यानेजमेन्टबाट जतिसक्दो प्रयास गर्छौं भनेका छौं ।

हामीले काठमाडौंलाई अहिलेकै अवस्थामा राख्छौं भनेका छौं । कसैले लोडसेडिङ नभए सार्वजनिक पद धारण नै गर्दिन भनेको विषय ब्यक्तिगत हो । कसैलाई लोडसेडिङ चाहिएको छ भने हामी के भन्न सक्छौं र ?

(नयाँ पत्रिकाको फेसबुक लाइभ कुराकानीमा अाधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment