+
+

मनाङको चामेमा प्रभु बैंकको शाखा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ४ गते १८:०४

prabhu-bank-at-manag-chame

४ पुस, काठमाडौं । मनाङको चामेमा प्रभु बैंकले नयाँ शाखा कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहकाबीच शाखा कार्यालयको उद्घाटन गरे ।

यसका साथै धारापानी, अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे छ ।

मनाङमा बैंकको शाखा र शाखा रहित सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?