+
+

‘फर्की फर्की’को उत्साहप्रद ओपनिङपछि अनमोल : ‘अब सहरिया कथावस्तुमा फोकस हुन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १३:२२
अनमोल केसी । फाइल तस्वीर

काठमाडौं । ‘फर्की फर्की’ले २०८१ सालको घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । सुयोग गुरुङ निर्देशित फेन्टासी ड्रामाको यो ओपनिङले सबैभन्दा ठूलो राहत अनमोल केसीलाई दिएको छ ।

अनमोललाई यो फिल्मले ‘छड्के २’ को ‘ट्रयाजेडी’ बिर्साइदिएको छ । फिल्मले उत्साहप्रद ओपनिङ गरेपछि अनलाइनखबरलाई प्रतिक्रिया दिंदै अनमोलले दर्शकलाई बुझ्न मद्दत मिलेको र अब राम्रो डेलिभरी दिन दबाब रहेको समेत बताए ।

दर्शक बुझ्न ‘फर्की फर्की’को ओपनिङ महत्वपूर्ण परीक्षण रहेको उनको भनाइ छ । ‘यो फिल्मले राम्रो नगरेको भए मेरो करिअरमा यसले धेरै असर गथ्र्यो होला । दर्शकले मलाई कस्तो रुपमा हेर्न चाहनुभएको छ भन्ने कुरा धेरै हदसम्म बुझें,’ उनले भने ।

आफूलाई दर्शकले अब अर्बन (सहरी क्षेत्र) र लार्जर देन लाइफका कथावस्तुमा हेर्न खोजेको बुझेको अनमोलले बताए । ‘अब म अर्बन कथावस्तुमा फोकस हुन्छु । लभस्टोरी मात्र नभएर सहरी क्षेत्रभित्र धेरै टाइपका कथावस्तु हुन्छन्,’ उनले भने ।

‘फर्की फर्की’ले आफू र निर्देशक सुयोग गुरुङ दुवैलाई दबाब थपिएको समेत उनले बताए । ‘हामी फिल्मले डेलिभरी गर्न सक्छ भन्ने आत्मविश्वासमा थियौं । तर रिलिज नभएसम्म के भन्न सकिन्छ र,’ अनमोलले भने ।

‘बोक्सीको घर’जस्ता फिल्म चल्नु र ‘फर्की फर्की’जस्ता फिल्मको ओपनिङ राम्रो हुनुले अब एकैखाले फिल्म भन्दा भिन्न जनरामा एक्सप्लोर गर्न जरुरी रहेको सन्देश मिलेको अनमोलको बुझाइ छ ।

आफूहरुले युवापुस्ताका दर्शकलाई लक्षित गरेर ‘फर्की फर्की’ बनाएपनि फिल्म हलमा आफूले बच्चादेखि सिनियर आमाहरुलाई पनि भेटेको अनमोलले बताए । ‘हल भिजिट हुँदा मैले बच्चादेखि सिनियर आमाहरुलाई भेट्टाएँ । हामीले टार्गेट अडियन्सभन्दा बिल्कुलै फरक दर्शक पनि पायौं,’ उनले भने, ‘टाइम लुपको कथा नबुझेपनि उहाँहरुले परिवार र मित्रताको कथामा रमाउनुभयो होला ।’

‘फर्की फर्की’ हेरेपछि अधिकांशले अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय रहेको बताइसकेका छन् । विगतमा आफूलाई भटाभट फिल्म खेल्न सुझाव दिनेले पनि ‘फर्की फर्की’ हेरेपछि समय लिएर वर्षमा एउटा फिल्म खेल्न सुझाव पाएको समेत उनले बताए ।

अनमोल अब सम्भवतः यसैवर्ष नत्र २०८२ सालको सुरुवातमा रिलिज हुनेगरी फिल्म ‘जेरी अनटप’मा काम गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?