+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उखु खेतीबाट विस्थापित हुँदै मोरङका किसान

रासस रासस
२०७३ पुष १० गते १०:२८

Sugarcan-Ukhu
१० पुस,पथरी (मोरङ) । मोरङको कदमाहाका गणेश रायको परिचय फेरिएको एक वर्ष भयो । कदमाहाकै अभय ऋषिदेवको पनि दैनिकि बदलिएको एक वर्ष पुग्यो । अहिले ऋषिदेव र रायको दैनिकी बदलिनुका साथै पेसा पनि बदलिएको छ ।

उनीहरु एक वर्षअघि सम्म आफ्नो परिचय कृषक भनेर दिन्थे भने अहिले व्यवसायी । कदमाहाका राय मात्रै होइन केही वर्षयता मोरङका धेरै व्यक्ति कृषकबाट व्यापारी र मजदुर भएका छन् । कोही वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, ओमान, दुवइ, मलेसिया, बराइन, गएका छन् । कदमाहाका गणेश रायले चार बिघा जग्गा ठेक्का लिएर विगत १० वर्षदेखि उखु लगाउँदै आएका थिए ।

उनले लागतअनुसार उखुको मूल्य नपाएपछि उखु खेती छाड्दै गएको बताए । एक वर्ष मिहेनत गरेर उत्पादन गरेको उखुको मूल्य आफ्नो हातमा नहुने उनको भनाइ छ । उनी मात्र होइन अर्का उखु कृषक अभय भन्छन्, “उखु खेती गर्नुभन्दा व्यापार–व्यवसाय गर्नै फाइदा छ ।” मोरङ बबियाविर्ताका बलबहादुर चौधरीले पनि उखु खेतीको क्षेत्रफल घटाउँदै लागेका छन् । ६ बिघाबाट घटाएर दुई बिघामा झारेका छन् ।

उखु खेतीबाट जीविका नचल्ने देखेपछि चौधरीले छोरा विजयलाई नौ महिनाअघि वैदेशिक रोजगारीमा पठाए । उनी भन्छन्, “लगानी नउठ्ने भएपछि खेती गरेर फाइदा छैन ।”

उखु समयमा बिक्री नहुँदा तौल घटेर घाटा हुन्छ । यो जिल्लाका बहुसङ्ख्यक कृषक उखुखेतीबाट विस्थापित हुन थालेका छन् । सुनसरीको अमाहीबेल्हास्थित इस्टर्न सुगर मिलले समयमै भुक्तानी नदिँदा कृषक थप निराश बनेका हुन् । इस्टन सुगर मिलका आर्थिक प्रशासन शाखाका प्रमुख राजुमोहन गुप्ता मिलले गत वर्षकै करिब १९ करोड रुपैयाँ कृषकलाई भुक्तानी गर्न बाँकी रहेको स्वीकार्छन् ।

उखु किसानलाई बैंकको ब्याज, मजदुर, मलखाद, ढुवानी, इन्धनलगायत खर्च जोड्दा कृषकलाई उल्टै घाटा देखिएको छ । कृषक राजन श्रेष्ठले भने , “डुब्नका लागि खेती गर्न सक्ने अवस्था रहेन ।” देवानगन्जका सुरेन्द्र यादव भन्छन्, “प्रतिबिघा ८० देखि ९० हजार रुपैयाँसम्म लगानी हुन्छ ।”

मिलले गत वर्ष प्रतिक्विन्टल चार सय ६१ रुपैयाँका दरले किसानबाट उखु किनेको थियो । सुनसरी, मोरङ, झपामा गरेर ६ हजारभन्दा बढी कृषक उखु खेतीमा आबद्ध रहेको पूर्वक्षेत्रीय कृषि निर्देशनालयको तथ्याङमा उल्लेख छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?