+
+
Shares

पुनर्निर्माण प्राधिकरणका प्रमुख भन्छन्- संक्रमणका कारण काम गर्न सकिएन

प्राधिकरण गठन भएको एक वर्षमा के-के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १५:१९

sushil-gyawali-8

 

१० पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राजनीतिक संक्रमणका कारण अपेक्षाअनुसार पुनर्निर्माणको काम गर्न नसकिएको बताएका छन् ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र पीडितहरुको पुनर्वास गराउने जिम्मेवारीसहित प्राधिकरण गठन भएको एक वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा ज्ञवालीले यस्तो धारणा राखेका हुन् ।

ज्ञवालीले स्थानीय जनप्रतिनिधि नभएकाले समन्वय गरी काम गर्न गाह्रो भएको बताए । उनका अनुसार अति जोखिमयुक्त ३ सय ५८ वटा बस्ती सार्नुपर्ने अवस्थामा छन् । ती वस्ती सार्ने कार्यका लागि प्राधिकरणका १४ वटा टोली परिचालन गरिएको छ ।

ज्ञवालीका अनुसार काठमाडौं उपत्यकामा भूकम्प पीडितहरुसँग अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणको काम जारी छ तर, काठमाडौंमा जग्गाको समस्या बढी भएकाले काममा केही ढिलाइ भएको छ ।

सरकारी/सार्वजनिक जग्गा बाहेक अरु जग्गामा निस्साको आधारमा घर बनाउन दिने गरी कार्यविधि बनाइएको छ ।

[sam_list]

दोस्रो किस्ताको डेढ लाख रुपैयाँ पीडितलाई वितरण गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव पठाइएको उनले जानकारी दिए ।

ज्ञवालीका अनुसार कुनै पीडितले तीन लाख रुपैयाँ लिने गरी सरकारसँग सम्झौता गरिसकेको छ र अब रेट्रोफिटिङ गर्छु भन्यो भने एक लाख रुपैयाँ (पहिलो किस्तामा ५० हजार र दोस्रो किस्तामा ५० हजार) पाउँछ । यदि भत्काएर नयाँ बनाउँछु भन्यो भने उसले तीन लाख रुपैयाँ पाउँछ ।

अहिलेसम्म भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी रहेका छन् । प्राधिकरणका अनुसार अहिलेसम्म ४१ हजार ३ सय ११ घर निर्माण सम्पन्न भएका छन् भने १७ हजार १ सय घर निर्माण भैरहेको छ ।

यस्तै प्राधिकरणका अनुसार पुरातात्विक सम्पदाहरुमध्ये १६ वटा सम्पदाको पुननिर्माणको काम सकिएको छ र ६९ वटा सम्पदाको पुननिर्माणको काम भइरहेको छ ।

देशभर अहिलेसम्म २ सय वटा स्वास्थ्य चौकी बनिसकेका छन् । चालु आर्थिक बर्षभित्रै २ सय ६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुननिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?