+
+
Shares

कलंकीमा यातायात कार्यालय अर्को साता खुल्ने, २७ गतेबाट चाबहिल र सल्लाघारीमा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ११ गते ४:४०

yatayat-karyalaya-ekantakuna-4१० पुस, काठमाडौं । यसै महिनाभित्र काठमाडौंका थप तीन ठाउँमा यातायात कार्यालय खुल्ने भएको छ । कलंकी, चावहिल र सल्लाघारीमा यातायात कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

आइतबार यातायात कार्यालय एकान्तकुनामा लाइसेन्सका लागि अनलाइन फारम सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने, ‘घर भाडा सम्झौता भइसक्यो । कार्यालय व्यवस्थापनको काम चलिरहेको छ ।’

उनका अनुसारकलंकी कार्यालयमा १७ गतेबाट सेवा सुरु हुनेछ भने चावहिल र सल्लाघारीमा २७ बाट कार्यालय खुल्नेछ ।

थपिएका तीनवटै कार्यालयमा तत्काल अनलाइन फारम सेवा दिइने मन्त्री लेखकले बताए । मन्त्री लेखकले शुभारम्भ गरेको लाइसेन्सका लागि अनलाइन फारम सेवा सोमबारबाट औपचारिक रुपमा सुरु हुनेछ ।

तर, हाल यो दुई पाङ्ग्रे सवारीका लागि मात्र छ भने अनलाइन फारम सुरुमा एकान्तकुना कार्यालयका लागि मात्र लागू हुनेछ ।

उनले अबको केही समयभित्रै चार पांग्रेसवारी लाइसेन्सको फारम पनि अनलाइनबाटै भर्ने सुविधा दिने बताए ।

‘विभागलाई पर्ने अप्ठेरो म फुकाउँछु । योजना बनाएर स्तरीय सेवा दिनुपर्‍यो’ मन्त्री लेखकले भने,’हामीले प्रयत्न गरेपछि गर्न नसकिने भन्ने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?