Comments Add Comment

प्रचण्डलाई ओलीको प्रश्नः संग्रहालयमा के राख्ने ? सिरक डसना ?

पाँच महिनामा सरकारको काम- गुरिल्ला ट्रेल खोल्ने मात्र

kp-oli

१२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २/४ दिन बास बसेको घरलाई संग्रहालय घोषणा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि व्यंग्य गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग कुरा गर्दै विपक्षी दलका नेता ओलीले सरकारको ५ महिनाको काममाथि प्रश्न उठाए । संक्रमणकालीन सरकार, त्यसमाथि एउटा सरकारलाई विस्थापित गरेर आएको भन्दै ओलीले भने- ‘देखासेखीका हिसावले पनि त केही गर्नुपर्ने हो ।’

यो सरकारले गरेको विकासका काम भनेको गुरिल्ला ट्रेल खोल्नु र २/४ दिन बसेका घरमा संग्रहालय बनाउनु भएको भन्दै ओलीले व्यंग्य गरे । ‘नबुझिएको कुरा नि’ भन्दै ओलीले प्रश्न गरे, ‘त्यहाँ संग्रह के नै हुन्छ र ? त्यहाँ ओडेको सिरक, डसना, कम्मल राख्ने कि ?’

संविधान संशोधन देशको हितमा नभएको भन्दै उनले सरकारले तत्काल चुनावको घोषणा गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment