Comments Add Comment

डार्विनमा मनाइयो तमु ल्होछार

tamu-darwin-2

३१ डिसेम्बर, डार्विन । गुरुङ जातिको महान पर्व तमु ल्होछारका अबसरमा अष्ट्रेलियाको डार्विनमा भब्य कार्यक्रम आयोजना गरिएको छ । बाँदर बर्ष सकिएर चरा बर्ष सुरु भएको अबसरमा चरालाई शान्तिको प्रतिक मान्दै गुरुङ जातिको सवैभन्दा ठूलो पर्व ल्होछार मनाइएको छ ।

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी र तमु समाज डार्विनको संयुक्त आयोजनामा भएको यो कार्यक्रममा गुरुङ जातिमात्र नभई सवै जातिजातिका नेपालीहरुको उत्तिकै उपस्थीति थियो । गुरुङ समुदायसँग सम्बन्धित अधिकांश आफ्नै मौलिक पोशाकमा उपस्थित थिए ।

tamu-darwin-1

सो अबसरमा स्थानीय प्रतिभाहरुले बिबिध सांस्कृतिक प्रस्तुतीहरु दिएका थिए भने स्थानीय ब्याण्ड याक एट तनामीले पनि आफ्ना गीतहरु प्रस्तुत गरेको थियो ।

सांस्कृतिक कार्यक्रमभन्दा पहिले बिभिन्न खेलकुद कार्यक्रम भएका थिए । जसमध्ये घैंटो फुटाइ खेलमा महिलातर्फ दिपिका शर्मा बिजयी भइन भने र पुरुषतर्फ अशोक गुरुङ बिजयी भए । उत्कृष्ट भेषभुषातर्फ सभ्यता गुरुङ पुरस्कृत र तातो आलु खेलमा बिन्दु गुरुङ श्रेष्ठ बिजयी भए । सो अबसरमा बच्चा भएका र नभएका वीचमा रसी तान्ने खेल पनि भएको थियो ।

कार्यक्रममा एनआरएनए नर्दन टेरीटोरीका संयोजक एवं तमु समाज डार्विनका संस्थापक सदस्य निरज गुरुङले तमु ल्होछारका अबसरमा शुभकामना दिएका थिए ।

यस्तै नेपाली एसोसिएसन अफ नर्दन टेरीटोरीका अध्यक्ष सुदीप श्रेष्ठले शान्तिको प्रतिक चरा बर्ष सुरु हुन लागेकोमा गुरुङ समुदायलाई ल्होछारको शुभकामना ब्यक्त गर्नुभयो ।

अष्ट्रेलियामा आयोजना हुने प्रायः कार्यक्रम मदिरामय भइरहेका बेला डार्विनको तमु ल्होछारमा भने मदिरा निषेध गरिएको थियो । ननअल्कोहलिक यो कार्यक्रम निकै सम्भ र भब्य भएको तमु समाजका संस्थापक सदस्य निरज गुरुङले बताए ।

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी र तमु समाज डार्विनको संयुक्त आयोजनामा हरेक बर्ष तमु ल्होछार मनाउने गरिन्छ ।

tamu-darwin-3

 

tamu-darwin-4 tamu-darwin-5 tamu-darwin-6 tamu-darwin-7 tamu-darwin-8 tamu-darwin-9 tamu-darwin-10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment