Comments Add Comment

सुखमय यौनजीवनका लागि नयाँ वर्षमा गर्नैपर्ने प्रतिबद्धता

sex-aanamdaयदि तपाईंले बितेको वर्ष सन् २०१६ मा सेक्समा रमाइलो तथा आनन्द प्राप्त गर्न सक्नुभएन भने नयाँ वर्ष २०१७ मा सेक्सलाई आनन्ददायी बनाउन र सुखमय यौनजीवन तय गर्नका लागि तपाईंले केही प्रतिबद्धता जनाउनैपर्ने हुन्छ । नयाँ वर्षमा तपाईंले गर्नेपर्ने यौन प्रतिबद्धता यी हुन्:

· सेक्सका बारेमा कुरा गर्नुहोस्ः

तपाइँले यदि भन्नुभएन भने तपाइँको पार्टनरले तपाइँले गर्ने माया थाहा पाउन सक्दैन । किनकि हामीले अरुको मनको कुरा बुझ्न सक्दैनौँ । कुनै पनि दुईजना मानिसमा एउटै यौन कल्पना रहँदैन, इच्छा चाहना एउटै हुँदैनन र यौन आनन्द प्राप्तिको तरिका पनि एउटै नहुन सक्छ । त्यसैले आफ्नो पार्टनरको सेक्स फन्टासी पत्ता लगाउनुहा्ेस् र आफ्नो कुरा पार्टनरसँग खुलासा गर्नुहोस् । पार्टनरले सेक्समा के कुरा मन पराउँछ र पराउँदैन भन्ने कुरा जान्नुहोस् । सेक्सको बारेमा जति खुलस्त कुराकानी गर्‍यो, सेक्स लाइफ उति नै राम्रो हुन्छ ।sex-ananda001

· रात्रीकालीन डेटिंगको योजना बनाउनुहोस्:

आफ्नो सुरुवाती सम्भोगको बेला सम्भिmनुहोस् । अहिले पनि सहवासमा उत्तिकै आनन्द तथा जोस छ ? सायद छैन होला । तर तपाइँले त्यसलाई पुनर्ताजगी गर्न सक्नुहुन्छ । त्यसका लागि कम्तिमा पनि १५ दिनमा एकपटक पार्टनरसँग रात बिताउने गरी घरबाट कतै बाहिर घुम्न निस्किुनुहोस् ।

· बेडरुमलाई प्रविधि निषेधित क्षेत्र बनाउनुस्:

तपाइँको बेडरुम प्रविधिमुक्त हुनुपर्छ । ह्वाट्सएप, इमेल, फेसबुकलाई बेडरुममा प्रवेश नदिनुहोस् । आफ्ना सबै ग्याजेट थन्काउनुहोस् र आफ्नो पार्टनरमा सबै ध्यान केन्दि्रत गर्नुहोस् ।
·  यो वर्ष नयाँ चिज गर्ने कोसिस गर्नुहोस्, नडराउनुहोस्:

 त्यो नयाँ चिज भनेको सेक्समा नयाँ तरिका हुनसक्छ । जस्तै किचेन सहवास वा कुनै पूर्वयोजनाबिनाको यात्रा वा यस्तै यस्तै । सेक्सी, उत्प्रेरित र उत्तेजित हुनुहोस् र यादगर समय बनाउनुहोस् ।
· बहाना नबनाउनुहोस्:

प्राय धेरै महिलाहरु यौनमा चरम आनन्द प्राप्त नहुँदा पनि भएको बहाना पार्दछन् । आफूलाई पार्टनरको सेक्सबाट आनन्द प्राप्त नभएको कुरा गर्दा पार्टनरले आत्मग्लानी बोध गर्ला वा चिन्तित होला भन्ने डर उनीहरुमा हुन्छ । तर यसो गर्नु भनेको आफ्नो यौनजीवनलाई बर्बाद पार्नु हो । सेक्समा यौन आनन्द प्राप्त भए नभएको कुरा कहिल्यैपनि नढाँट्नुहोस् । यौन आनन्द प्राप्त गर्नका लागि नयाँ तरिका तथा आसनको उपयोग गर्नुहोस् ।sex-aananda002

· सेक्सलाई गम्भीर रुपमा लिने:

के तपाइँ सेक्सको बेला हाँस्नुहुन्छ ? जोक भन्नुहुन्छ ? मुस्काउनुहुन्छ ? यदि यी माथिका कुनै पनि चिज गर्नुहुन्न भने तपाइँ सेक्सप्रेसनलेसनेसबाट पीडित हुनुहुन्छ । यो एउटा यस्तो अवस्था हो जहाँ मानिसहरु आनन्द भनेको फन पनि हो र साझा अनुभवका खातिर खुसीको अभिव्यक्ति महत्वपूर्ण हुन्छ भन्ने कुरा बिर्सिन्छन् ।

· ओच्छ्यानबाहिर पनि सेक्सी हुनुहोस्:

पाकक्रिडा मात्र सधै सेक्सको सुरुवात हुँदैन । बेडरुममा छिर्नुअघि नै आफ्नो यौनक्रियाको तयारी सुरु गर्नुपर्छ र पार्टनरलाई तयार पार्नुपर्छ । यसका लागि अघिल्लो यौनसत्रको बारेमा रमाइला कुराहरु पार्टनरलाई मेसेज गर्न सकिन्छ । सेक्सी र फन्नी मेसेज गरेर उनको मूड तयार पार्न सकिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment