Comments Add Comment

एमालेका स्वयंसेवकलाई बामदेवको निर्देशन- घुसपैठ र अराजकता रोक्न सचेत होऊ

bamdev-gautam

२१ पुस,काठमाडौं । एमाले उपाध्यक्ष बामदेव गौतमले पुस २२ गते हुने वृहत जनप्रदर्शनमा हुन सक्ने घुसपैठ र अभद्र गतिबिधि गर्नेमाथि निगरानी राख्न एमालेका स्वयंसेवकहरुलाई निर्देशन दिएका छन् ।

भोलिको जनप्रदर्शनलाई व्यवस्थित गर्न पाँच सय स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ । ती स्वयंसेवकलाई निर्देशन दिँदै गौतमल अनुशासित र चनाखो भएर काम गर्न सुझाए ।

गौतमले भने-अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढंगले सम्पन्न गर्न तपाईहरु चनाखो हुनुस । नेकपा (एमाले) जीवित रहदासम्म यो देशलाई विखण्डन हुन दिइने छैन ।

जनप्रदर्शनको प्रचार-प्रसारका लागि आज अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंबाट मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । उक्त स्थानबाट सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगेर मोटरसाइकल र्‍याली समापन हुनेछ ।

पुस २२ गतेको जनप्रदर्शन र त्यसअघि हुने मोटरसाइकल र्‍यालीलगायतका प्रचार-प्रसारका कामहरूले आम सर्वसाधारणको आवतजावतमा कठिनाई नहोस् भन्ने कुरामा आफूहरु सचेत रहेको सचिव प्रदीप ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment