Comments Add Comment

पोखराको ‘फो-९९’ मा भियतनामी स्वाद

pho99-pokharaपोखरा । के तपाई भियतनामी स्वाद मन पराउनुहुन्छ ? वा तपाईं भियतनामी खाना चाख्न चाहनुहुन्छ ? यदि त्यस्तो हो भने चिन्ता नलिनुहोस् । किनकी पोखरामा विगत डेढ वर्षदेखि फो-नाईन्टिनाईन (फो-९९) ले पोखराको हल्लनचोक नजिकै भियतनामी स्वाद मनपराउनेका लागि भनेर रेष्टुरेण्ट सञ्चालन गरिरहेको छ । यो रेष्टुरेण्ट हल्लनचोकदेखी करीब ५० मिटर नजिकै वराहीचोक जानेबाटोको बायाँपट्टी छ । जहाँ तपाईले भियतनामी खानका जुनसुकै परिकार अर्डर अनुसार स्वाद लिन पाउनुहुन्छ ।

यो रेष्टुरेण्ट काठमाडौंका नविन सारु मगरले खोलेका हुन् । उनले ६ वर्षअघि भियतनामी श्रीमती वाऊ भित्राएपछि काठमाडौंबाट भियतनामी रेष्टुरेण्ट गर्न शुरु गरेका थिए । हाल उनले काठमाडौंमा लाजिम्पाट, बौद्ध र ठाडोढुङ्गा गरी ३ ठाउँमा तथा पोखरामा गरी भियतनामी रेष्टुरेण्टको संख्या चार पुर्‍याएका छन् ।

भियतनामी रेष्टुरेण्ट भएपनि भियतनामी स्वाद लिन भियतनामी भन्दा अन्य धेरै आउँछन् । भियतनामी पर्यटक कम मात्रै नेपाल आउने र त्यसको न्यून संख्यामा मात्रै पोखरा आउने भएकाले भियतनामी स्वाद लिन भियतनामी भन्दा अन्य धेरै आउने गरेको रेष्टुरेण्ट सञ्चालक मगरको भनाई छ । हाल दैनिक ४० जनासम्म रेष्टुरेण्टमा आउने र सिजनमा झण्डै ७५-८० जनासम्म पुग्ने उनले बताए ।rice-noodle-with-tofu

भियतनामी स्वादका पारखीहरु पोखरामा भने अष्टे्रलियनहरु सबैभन्दा बढी छन् । त्यसपछि अमेरिकन र क्यानडियनहरुले यो स्वाद मन पराउँछन् । नेपालीहरु पनि भियतनामी खानाको स्वाद लिन आउने गरेको पोखराका म्यानेजर डेभिड खड्गीको भनाई छ । विदेश बसेर फर्केकाहरु बढीजसो भियतनामी स्वाद लिन आउने गरेको उनको अनुभव छ ।

भियतनामी खानामा सबैभन्दा मन पराइने खाना भनेको फो हो । ३५० मूल्य पर्ने यो खाना चिकेन, मटन, पोर्कलगायतका स्वादमा पाईन्छ । फो नुडल्स खाना वा खाजा दुबैका लागि उपयुक्त हुने र स्वादिलो पनि हुने भएकाले यो धेरैको रोजाईमा पर्नेगर्छ । फो भेज, पोर्क, सि-फुड, स्पेसन फोलगायतका भेराइटीमा पाइन्छ । राईस नुडल्स अर्को पपुलर खाना हो । हाइजेनिक तथा हल्का खाना भएकाले यो जति खाएपनि खाईरहुँजस्तो यसको स्वाद हुने पारखीहरु बताउँछन् । पेपर राईसमा भिजाएर प|mेस भेज, हब्र्स, राईस नुडल्स राखेर ससमा डुबाएर खाने ‘तोफु समर रोल्स’पनि ग्राहकको रोजाईमा पर्ने गर्छ । यसैगरी कोल्ड नुडल हृवाईट तोफु, कोल्ड नुडल हृवाईट बिबिकी, पोर्क तोफु पनि मन पराउँछन् ।

vietnamese-restaurent
स्न्याक्समा पपैया सलाद, ग्रिन चिकेन सलाद, बिफ, सि-फुड्स्, श्रृम्प लगायतका आइटम बढी मन पराउँछन् । चिकेन, पोर्क, बिफ लगायतको बार्बिकी गरेर खानेको संख्या पनि राम्रै रहेको म्यानेजर खड्गीले बताए ।

भियतनामी रेष्टुरेण्ट भएपनि सेफदेखि वेटरसम्म सबै नेपाली छन् । सञ्चालिक वाउको प्रशिक्षणमा खारिएका उनीहरुले पोखरामा भियतनामी स्वादमा कुनै कमी हुन दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment