Comments Add Comment

काठमाडौं महानगरले आगामी वर्ष विकासमा ४ अर्ब खर्च गर्ने, कुन काममा कति ?

image-0-02-03-98fa59c4ccc4ea3ad9157b0efdb44c5bc0185829603281332bffd83c4b24d0ba-v

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयको २९ औं महानगर परिषदले आगामी आव २०७४/७५ को लागि ५ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ । यसको लागि १ अर्ब ८३ करोड रुपैयाँ स्रोत आन्तरिक आयबाट प्राप्त हुने प्रक्षेपण कार्यालयको छ ।

आन्तरिक आयको रुपमा स्थानीय करको योगदान ४५ प्रतिशत र गैर कर अनुदानको योगदान ५५ प्रतिशत रहने महानगरले उल्लेख गरेको छ । आज राष्ट्रिय सभागृहमा आयोजितक कार्यक्रममा महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बजेट, नीति तथ कार्यक्रम सार्वजनिक गरे ।

महानगरले ४ अर्ब ७१ लाख रुपैयाँ बिकास खर्चको लागि छुट्याएको छ । उज्यालो काठमाडौं कार्यक्रम देखि शहरी पूर्वाधार बिकास तथा सार्वजनिक निर्माण, जनस्वास्थ्य सामाजिक बिकास लगायतका कार्यक्रममा बिनियोजित रकम खर्च गरिने तामाङले बताए ।

कुन शिर्षकमा कति  छुट्टियो ? 

-शहरी पूर्वाधार विकास तथा सार्वजनिक निर्माण क्षेत्रका लागि १ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ ।

-जनस्वास्थ्य सामाजिक विकासका क्षेत्रमा ११ करोड ८० लाख रूपैयाँ र सम्पदाको पुनःनिर्माण तथा विकासका लागि ४१ करोड २६ लाख रुपैयाँ ।

– वातावरण सरंक्षण, हरियाली प्रवर्द्धन तथा शहरी सौन्दर्यीकरण क्षेत्रका लागि ८१ करोड रुपैयाँ ।

– विपद् व्यवस्थापनका लागि रु.११ करोड ३१ लाख रुपैयाँ ।

– सूचना तथा सञ्चार प्रविधि र सेवाप्रवाह क्षेत्रका लागि १० रुपैयाँ ।

– राजस्व क्षेत्र, वित्त क्षेत्र, शहरी योजना क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्र, सार्वजनिक निजी साझेदारी क्षेत्रका लागि ११ करोड रुपैयाँ ।

– उज्यालो काठमाडौं कार्यक्रममा १० करोड रुपैयाँ ।

– विभिन्न जग्गा एकीकरणहरुका लागि ८१ करोड २५ लाख रुपैयाँ ।

– टेकुमा बहुतल्ले स्टिल स्ट्रक्चरसहितको महानगरपालिकाकाको कार्यालय भवनका ३१ करोड रुपैयाँ ।

– काठमाडौं उपत्यकाको शहरी यातायात सहज र सरल रुपमा सञ्चालन गर्न स्थापना हुने उपत्यका नगर यातायात लिमिटेडको सेयर खरिद गर्न २ करोड रुपैयाँ ।

– उपत्यकाका वधशाला व्यवस्थित गर्न ५ करोड रुपैयाँ ।

– सामुदायिक कुकुर नियन्त्रण तथा व्यवस्थापन गर्न महानगरको ८० लाख र अन्तर्राष्ट्रिय गैससको १ करोड ५० लाख रुपैयाँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment