Comments Add Comment

२०१७ भित्र स्वच्छ खानेपानी पुर्‍याउने सरकारको लक्ष्य पूरा नहुने

drinking-water

२६ पुस काठमाडौं । सन् २०१७ सम्ममा नेपाली जनता सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारी लक्ष्य पूरा नहुने बिकास समितिले जनाएको छ ।

मंगलबार बसेको बिकास समितिको बैठकले साना सहरी क्षेत्रहरुमा खानेपानीको स्रोत, लगानी, समन्वय लगायतका अभावका कारण तथा ठूला खानेपानीका आयोजनाहरु कार्यान्वयन गर्न नसकिने भन्दै सरकारको लक्ष्य असफल हुने जनाएको हो ।

साथै समितिले ‘अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनावद्ध र व्यवस्थित वस्ती विकास गर्ने’ सम्बन्धी नीति तुरुन्तै कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

पहाडी जिल्लाहरुमा सिंचाई आयोजनाहरुलाई जस्तै विद्युत महशुलमा अनिवार्य छुट दिने व्यवस्था गर्न समितिले सुझाव पनि दिएको छ । साना सहरी खानेपानी आयोजनालाई अझ बढी सफल बनाउन उद्धार कोषको समेत अभाव देखिएको समितिले जानकारी दिएको छ ।

सबै नागरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध कहिलेसम्ममा गराउन सक्ने हो भनि विस्तृत अध्ययन गरी समय सीमा तोक्न र साना सहरी खानेपानी आयोजनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै तराई क्षेत्रमा सञ्चालित साना सहरी खानेपानी आयोजनाहरुबाट प्राप्त हुने पानीमा आर्सेनिक, क्याल्सियम लगायतका हानिकारक पदार्थहरु हटाई पानीलाई गुणस्तरीय रुपमा प्रशोधन गर्ने गराउने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment